२५ जेठ २०८२, शनिबार
07-06-2025 , Sat
Gold Silver Price (21 JESTHA 2082, WED)
Fine Gold 1 Tola NRs. 193700
Silver 1 Tola Nrs. 2090

५४ तोला सुनसहित केएल दुगडका एकाउटेण्ट पक्राउ

Logo
संवाददाता जनचर्चा प्रकाशित शनिबार, बैशाख २३, २०८०

विराटनगर

विराटनगरबाट ५४ तोला सुन, ८ केजी चाँदी र साढे सात लाख रूपैयाँ भारुसहित केएल दुगडका एकाउटेण्ट पक्राउ परेका छन् । पक्राउ पर्नेमा केएल दुगडका एकाउटेण्ट भारत बिहार कटिहारका ६१ बर्षीय बिनोद कुमार मुरारका सहित उनकि श्रीमती ५६ बर्षीया पुष्पा मुरारका र  चालक बिराटनगर-२ का ५२ बर्षीय बिमल कामत रहेका छन् । पक्राउ परेकामध्ये बिनोद मुरारका भारतीय नागरिक हुन् ।

शुक्रबार दिउँसो साढे ३ बजे बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट परिचालन भएको प्रहरी बरिष्ठ नायव निरीक्षक फिरोज चौधरी सहितको प्रहरी टोलीले संकास्पद अवस्थामा बिराटनगरबाट रानीतर्फ जादै गरेको को. २ च १४९५ नम्वरको इको भेनलाई रोकी चेक जाँच गर्ने क्रममा भेनमा लुकाई छिपाई राखिएकाे अवस्थामा सुन तथा नगद बरामद गरेको हो । बरामद सुनसहितका सामान अन्दाजी ९० लाख मूल्य बराबरको रहेको अनुमान गरिएकाे छ ।

एकाउटेण्ट मुरारका दशकाै‌ंदेखि केएल दुगडमा संलग्न रहेकाे कर्मचारी हुन् । उनले प्रहरीलाई दिएकाे बयानमा साे सुन तथा अन्य समाग्री सबै निजकै भएकाे बताएका छन्। तर मुरारका जस्ता अनुभवि एकाउटण्टलाई यति ठुलाे मात्रामा सुन चाँदा तथा नगद सिमा पार गर्नु /गराउनु गैरकानुनी कार्य हाे भन्ने विषय जानकार हुनुपर्छ ।

मुरारकाले बरामद सुन चाँदी तथा नगद आफ्नै भएकाे दावी त गरिरहेकाे छन् तर यति ठुलाे जमा पुंजी उनीकै भएकाे कुनै ठाेस प्रमाण नभेटिदा शंककाे शुई अन्त्यै तिर लम्कीएकाे छ ।

बरामद सामग्रीहरुः

सुनबाट बनेका सामग्रीहरुः

  1. ठुलो बिस्कुट थान-३ ( ३० तोला )
  2. सानो बिस्कुट थान-६ ( ६ तोला )
  3. ५ ग्रामको बिस्कुट थान-२ ( १० ग्राम )
  4. सिक्काहरु  ( ३६ ग्राम )
  5. ४ ग्रामको सिक्काहरु थान-१० ( ४० ग्राम )
  6. १० ग्रामको सिक्का थान-१
  7. ८ ग्रामको सिक्का थान-६ । ( ४८ ग्राम )
  8. १० ग्रामको सिक्काहरु थान-२ (२० ग्राम )
  9. कनौती थान-२ ( ५.७८ ग्राम )
  10. ह्यालिङ थान-२ ( ६.५० ग्राम )                      चाँदीबाट बनेको सामग्रीहरु
  11. ढिक्का थान-११ ( १७१९.४४ ग्राम )
  12. बुनिया ( ९२.८० ग्राम ।
  13. सिक्का थान-६८ (३६८.३२ ग्राम )
  14. चार मुखे कचौरा (दियो) थान-१ (५०.१४ ग्राम )
  15. सिन्धुर राख्ने सिसि थान-१ ( ५.४८ ग्राम )
  16. थाल थान-६ , (२४१४.०८ ग्राम )
  17. कचौरा थान-६ (३९७.८४ ग्राम )
  18. चम्चा थान-६ ( ३०३.४९ ग्राम )
  19. गिलास थान-६ ( ३६८.८३ ग्राम )
  20. मड्की थान-१ ( ३७.८८ ग्राम )
  21. डिनरसेट ढोंगा ४  थान

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको  छ । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ । हदबन्दीभन्दा […]

काठमाडौँ, २३ जेठ ।  सुनचाँदी व्यवसायी तथा कालिगढहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । सरकारले बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने भएपछि फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले विहिवार पत्रकार सम्मेलनको आयोजना गरी यहि जेठ २५ गते […]

काठमाडौँ, २३ जेठ । । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादी केन्द्र उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खोल्न लचक भएको देखिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहीले गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबिच भेटघाट र भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने तयारी भएको बताउँदै सरकारले माओवादी नेताहरू अग्नि सापकोटा र सांसद सूर्यमान […]