१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

५४ तोला सुनसहित केएल दुगडका एकाउटेण्ट पक्राउ

Logo
संवाददाता जनचर्चा

विराटनगर

विराटनगरबाट ५४ तोला सुन, ८ केजी चाँदी र साढे सात लाख रूपैयाँ भारुसहित केएल दुगडका एकाउटेण्ट पक्राउ परेका छन् । पक्राउ पर्नेमा केएल दुगडका एकाउटेण्ट भारत बिहार कटिहारका ६१ बर्षीय बिनोद कुमार मुरारका सहित उनकि श्रीमती ५६ बर्षीया पुष्पा मुरारका र  चालक बिराटनगर-२ का ५२ बर्षीय बिमल कामत रहेका छन् । पक्राउ परेकामध्ये बिनोद मुरारका भारतीय नागरिक हुन् ।

शुक्रबार दिउँसो साढे ३ बजे बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट परिचालन भएको प्रहरी बरिष्ठ नायव निरीक्षक फिरोज चौधरी सहितको प्रहरी टोलीले संकास्पद अवस्थामा बिराटनगरबाट रानीतर्फ जादै गरेको को. २ च १४९५ नम्वरको इको भेनलाई रोकी चेक जाँच गर्ने क्रममा भेनमा लुकाई छिपाई राखिएकाे अवस्थामा सुन तथा नगद बरामद गरेको हो । बरामद सुनसहितका सामान अन्दाजी ९० लाख मूल्य बराबरको रहेको अनुमान गरिएकाे छ ।

एकाउटेण्ट मुरारका दशकाै‌ंदेखि केएल दुगडमा संलग्न रहेकाे कर्मचारी हुन् । उनले प्रहरीलाई दिएकाे बयानमा साे सुन तथा अन्य समाग्री सबै निजकै भएकाे बताएका छन्। तर मुरारका जस्ता अनुभवि एकाउटण्टलाई यति ठुलाे मात्रामा सुन चाँदा तथा नगद सिमा पार गर्नु /गराउनु गैरकानुनी कार्य हाे भन्ने विषय जानकार हुनुपर्छ ।

मुरारकाले बरामद सुन चाँदी तथा नगद आफ्नै भएकाे दावी त गरिरहेकाे छन् तर यति ठुलाे जमा पुंजी उनीकै भएकाे कुनै ठाेस प्रमाण नभेटिदा शंककाे शुई अन्त्यै तिर लम्कीएकाे छ ।

बरामद सामग्रीहरुः

सुनबाट बनेका सामग्रीहरुः

  1. ठुलो बिस्कुट थान-३ ( ३० तोला )
  2. सानो बिस्कुट थान-६ ( ६ तोला )
  3. ५ ग्रामको बिस्कुट थान-२ ( १० ग्राम )
  4. सिक्काहरु  ( ३६ ग्राम )
  5. ४ ग्रामको सिक्काहरु थान-१० ( ४० ग्राम )
  6. १० ग्रामको सिक्का थान-१
  7. ८ ग्रामको सिक्का थान-६ । ( ४८ ग्राम )
  8. १० ग्रामको सिक्काहरु थान-२ (२० ग्राम )
  9. कनौती थान-२ ( ५.७८ ग्राम )
  10. ह्यालिङ थान-२ ( ६.५० ग्राम )                      चाँदीबाट बनेको सामग्रीहरु
  11. ढिक्का थान-११ ( १७१९.४४ ग्राम )
  12. बुनिया ( ९२.८० ग्राम ।
  13. सिक्का थान-६८ (३६८.३२ ग्राम )
  14. चार मुखे कचौरा (दियो) थान-१ (५०.१४ ग्राम )
  15. सिन्धुर राख्ने सिसि थान-१ ( ५.४८ ग्राम )
  16. थाल थान-६ , (२४१४.०८ ग्राम )
  17. कचौरा थान-६ (३९७.८४ ग्राम )
  18. चम्चा थान-६ ( ३०३.४९ ग्राम )
  19. गिलास थान-६ ( ३६८.८३ ग्राम )
  20. मड्की थान-१ ( ३७.८८ ग्राम )
  21. डिनरसेट ढोंगा ४  थान

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]