०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
Gold Silver Price (1 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 309900
Silver 1 Tola Nrs. 5285

उद्योग संगठन मोरङको ५०औं बार्षिक साधारणसभा समुद्घाटन सम्पन्न

प्रमुख अतिथि नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल
Logo
निरज बस्नेत

विराटनगर
विराटनगरमा उद्योग संगठन मोरङको ५०औं बार्षिक साधारणसभाको समुद्घाटन सम्पन्न भएको छ । समुद्घाटन समारोहलाई वर्तमान अध्यक्ष सुयस प्याकुरेलले स्वागत मन्तव्यसहित सम्वोधन गरेका थिँए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल रहेका थिँए । उक्त कार्यक्रममा आफ्नो छोटो मन्तव्य राख्ने क्रममा मन्त्री रिजालले उद्योगीको समस्या भनेको राष्ट्रको समस्या भएकाे बताए । यसक्रममा आइपर्ने सवैखाले समस्या समाधान गर्न नेपाल सरकार प्रतिवद्द रहने जानकारी गराएका थिँए । साथै बार्षिक साधारणसभाको सफलताको शुभकामना दिएका थिँए ।

कार्यक्रममा रास्वपाका नेता तथा प्रतिनिभि सभाका सदस्य मनिस झा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायत समाजका अन्य गन्यमान्य मानिसहरु लगायत धेरै व्यवसायीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वर्तमान अध्यक्ष सुयस प्याकुरेलको कार्यकालमा सहयोगी भूमिका निर्वाह गर्नेलाई मायाको चिनो प्रदान गरिएको थिँयो । विराटनगरका सफल व्यवसायी राकेश सुरानासहितको टिम अव उद्योग संगठन मोरङको नेतृत्व हाक्न आउने लगभग पक्का छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]

काठमाडौँ२५ फागुन , प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ। निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ […]

विराटनगर, २५ फागुन । प्रतिनिधी सभाको निर्वाचनमा नेकपा एमाले र नेपाली कम्प्युनिष्ट पार्टी ३– ३ प्रदेशमा नील भएको छ । नेकपा एमाले, मधेस, बागमती र लुम्बिनी प्रदेशमा निल भएको छ भने नेकपा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा नील भएको छ। सात प्रदेशमा रास्वपा ६ प्रदेशमा भारी सिटका सात पहिलो भएको छ। कोशी प्रदेशको २८ सिट […]