०१ फाल्गुण २०८२, शुक्रबार
13-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नोबेलमा मनाइयो नर्सिङ्ग दिवस

Logo
संवाददाता जनचर्चा

विराटनगर
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शुक्रबार २०३ औं अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाइएको छ । नोबेल अस्पतालको नर्सिङ बिभागले नर्सिङ्ग दिवस विशेष कार्यक्रम गरेको हो । कार्यक्रममा नर्सिङ्ग दिवसको शुभकामना आदानप्रदान गरी केक काटेर उत्सव मनाइएको छ । सो अवसरमा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले नर्सिङ्ग दिवसको शुभकामना व्यक्त गर्दै बिरामीहरुको मन जित्ने गरी सेवा गर्न नर्सहरुलाई सुझाव दिइन् ।

नोबेल मेडिकल कलेजका प्रचार्य प्रा.डा.रामहरी घिमिरे, निर्देशक डा.राजेश नेपाल, नायब निर्देशक डा.मुक्ति आचार्य, जेनेरल मेनेजर रुद्रप्रसाद शर्मा, नर्सिङ्ग डाइरेक्टर रामेश्वरी सिंह, नर्सिङ्ग प्रशासक कल्पना पोखरेल लगायतले पनि नर्सिङ दिवसको शुभकामना व्यक्त गरेका छन् ।

नोबेलमा कार्यरत नर्स, नर्सिङ पढ्दै गरेका बिद्यार्थी, कर्मचारी लगायत कार्यक्रममा सहभागि थिए । नर्सिङ्ग दिवसको अवसरमा हरेक बर्ष नोबेलमा बिभिन्न कार्यक्रम गर्ने गरिएको छ । निजी क्षेत्रबाट सञ्चालित कोशी प्रदेशको सबैभन्दा ठूलो अस्पताल नोबेलमा करिब ६ सय नर्स कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]