०१ फाल्गुण २०८२, शुक्रबार
13-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

उद्योग संगठन मोरङको अध्यक्षमा सुराना

सुरानासहित १४ सदस्यीय कार्यसमिति निर्विरोध
Logo
निरज बस्नेत

विराटनगर
उद्योग संगठन मोरङको अध्यक्षमा राकेश सुरानासहित १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । सुराना संगठनमा कर्मशील, मिलनसार,सरल एवं स्पष्टवत्ताको रुपमा चिनिन्छन् । विधानअनुसार सुराना नेतृत्वको यो कार्यसमितिले अबको २ वर्षको लागी संगठन चलाउने छ ।
शनिवार भएको निर्वाचनले वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठीलाई चुनेको छ । राठीको लोकप्रिय एवं मिलनसार व्यक्तित्व छ । राठीले अध्यक्ष पदको लागी मार्ग प्रस्शत गरीदिएपछिनै, निर्वाचन सहज ढंगले सम्पन्न हुने पुगेको बुझिएको छ ।

उपाध्यक्षमा राजकुमार गोल्छा, भोलेश्वर दुलाल र विपिन काबरा पनि निर्विरोध आएका छन् । गोल्छाले समितिमा वितिय क्षेत्र हेर्ने जिम्मेवारी पाएका छन् । उनी एक भद्र एवं शालिन स्वाभावको उद्योगी हुन् ।
त्यसैगरी दुलालले कृषी, उर्जा एवं जलस्रोतको जिम्मेवारी पाएका छन् । प्रगतिशिल छविका दुलाल पछिल्लो समय व्यवसायिक एवं सामाजिक कार्यक्रमहरुमा सक्रिय छन् । आर्थिक मन्दी बिच भर्खरै आयोजना गरिएको विराट–एक्स्पोलाई सफतापुर्वक सम्पन्न गराउन समेत उनको ठुलो योगदान रहेको संगठन भित्रै चर्चा हुने गरेको छ । अर्को उपाध्यक्ष विपिन काबराले रोजगारदातातर्फको जिम्मेवारी पाएका छन् । विपिन एक युवा उद्यमी हुन् । संगठनको उपाध्यक्ष जस्तो गरिमामय पदमा छोटो समय र कम उमेरमै पदस्थापन गर्ने काबरा एक उदारणीय पात्र हुन् ।

संगठनको कोषाध्यक्षमा सुवोध कोईराला छानिएका छन् । मिजासिलो स्वाभावको कोईराला व्यवसायीको हकहितको सवालमा वकालत गर्न सदैव दृढ रहने व्यक्ति हुन् । उनको सम्बन्ध उद्याेगी बिचमात्र नभएर नागरिक समाज, मिडिया एवं अन्य क्षेत्रमा पनि सुमधुर छ ।
त्यसैगरी कार्यसमिति सदस्यमा ईन्द्र (राजन) खत्री, शौरभ सारडा, सुरेन्द्र गोल्छा र पारस लुनिया निर्वाचित भएका छन् । सदस्य मध्यका खत्री समाजसेवी एवं शैक्षिक व्यक्तीत्व हुन् । त्यसै गरी अर्को सदस्य लुनिया हस्मुख एवं मिजासिलो स्वाभावका सफल उद्योगी हुन् । उनी नेपालको क्रिकेटर समेत हुन् । हाल लुनियाले क्रिकेट नखेलेपनि खेलक्षेत्रमा उनको विशेष लगाव छ । भर्खरै उनकै अग्रसरतामा राष्ट्रिय क्रिकेट खेलाडीलाई गृह नगर विराटनगरमा निमन्त्रणा गरी नागरिक अभिनन्दन समेत गरिएको थियो । जुन कार्यले उद्योग संगठन मोरङको मात्र नभई यहाँका सबै औद्योगिक एवं व्यापारीक व्यक्तित्वको छवी समेत बढाएको थियो ।

त्यसैगरी सदस्य गोल्छा एक सफल उद्योगी रुपमा चिनिन्छन् । गोल्छा र हुलासको साखलाई हालसम्म गौरवान्वित राख्न उनको ठुलो योगदान छ । सदस्य शौरभ सारडा उदयमान उद्योगी हुन् उनी शारडा ग्रुप निर्देशक समेत हुन् ।
नँया सदस्यमा सन्तोषकुमार भगत, सृजन प्याकुरेल, दिपककुमार अग्रवाल र विरेन्द्र राठीको आगमन भएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]