०७ पुष २०८२, सोमबार
22-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बास

Logo
संवाददाता जनचर्चा प्रकाशित आइतबार, बैशाख ३१, २०८०

विराटनगर
उपचार खर्च तिर्न नसक्दा भाेजपुरका राजकुमार तामाङ यतिबेला विराटनगरकाे एक अस्पतालमा थन्किएका छन् । सुनसरीकाे धरानमा सवारी चालककाे काम गर्दै आएका तामाङ एक महिना अघि आगलागी परि घाईते बने । साहु पारस पाेखरेलकाे ट्रकमा पेट्राेल भर्ने क्रममा अचानक आगलागी हुँदा उनकाे दुबै हात, पाखुरा र ढाड जल्याे ।

आगलागीमा परेपछि घाईते राईलाई धरानबाट तत्काल विराटनगरकाे रेड प्लस अस्पतालमा ल्याईयाे र भर्ना गरियाे । अस्पातलले लगातार तिन हप्ता उपचार गरेपछि राईकाे घाउ निकाे भयाे । र अस्पताल प्रशासनले उनलाई डिस्चार्ज गर्याे । तर अस्पतालले डिस्चार्ज गरेकाे एकहप्ता वितिसक्दापनि साहुले अस्पतालकाे उपचार खर्च  तिर्न नसक्दा राई घर फर्कन पाएका छैनन् । राई आफ्नाे श्रीमती र एक बच्चा सहित अस्पतालमै बास गरिरहेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]