२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

इनरुवा–काँकडभिट्टा रेलवे बनाउँन रोकिएको जग्गाको तत्काल मुआब्जा दिइयोस् : सांसद शर्मा

Logo
संवाददाता जनचर्चा प्रकाशित सोमबार, जेठ ०१, २०८०

काठमाडौं
प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले इनरुवादेखि काँकडभिट्टासम्म रेलमार्ग निर्माणका लागि वर्षौ अघिदेखि रोक्का गरेर राखिएको जग्गाको तत्काल मुआब्जा उपलब्ध गराउँन सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले पीडितहरूलाई तत्काल जग्गाको मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका हुन् ।

२०६८ असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीको इनरुवादेखि झापाको काँकडभिट्टासम्म रेलमार्ग निर्माण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि जग्गा रोक्का गरिएको भएपनि हालसम्म जग्गाको मुआब्जा नदिइएको र जग्गा फुकुवा पनि नगरिँदा सो क्षेत्रका जनताको बिजोक भएको भन्दै सांसद शर्माले तत्काल मुआब्जा दिन वा जग्गा फुकुवा गरेर समस्याको समाधान गर्न माग गरे । ‘इनरुवाबाट काँकडभिट्टासम्म रेलवे बनाउने भनेर जग्गा होल्ड गरेर राखिएको छ, अहिलेसम्म मुआब्जा दिइएको छैन, न जग्गा बेच्न पाइन्छ, न जग्गाको मुआब्जा पाइन्छ, मान्छेहरूको बिजोक भएको छ,’ सांसद शर्माले भने, ‘सरकारले यो विषयमा ध्यान दिएर तत्काल मुआब्जा दिनुपर्यो, हैन भने जग्गा फुकुवा गरिदिनुपर्यो ।’

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित सांसद शर्माले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बेलबारी नगरपालिका–८ राधानगरमा पेट्रोल खानी रहेको भनिएकाले त्यहाँबाट पेट्रोल उत्खनन गर्न पनि माग गरेका छन् । बर्षौअघिदेखि पेट्रोल खानी छ भनेर राधानगरमा घेराबारा गरेर राखिएको भन्दै सांसद शर्माले पेट्रोल खानी भए उत्खनन गर्न माग गरेका हुन् । ‘पेट्रोल खानी छ भनेर वर्षौ अघिदेखि घेराबारा गरेर राखिएको छ, खानी छ भने उत्खननको प्रकृया थाल्नु पर्यो, छैन भने छैन भनेर टुंगो गर्दिनू पर्यो,’ उनले भने ।

फरक प्रसङ्गमा सांसद शर्माले कोशी प्रदेश नामकरण विरुद्ध पहिचानवादीले गर्दै आएको आन्दोलनलाई वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने धारणा पनि राखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]