२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

विराट राजाको दरबारदेखि बर्जु तालसम्म दौड

आयाेजक मन्त्रालय गम्भीर नहुदाँ, दाैड असफल हुने शंका
Logo
निरज बस्नेत

बर्जु
कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन प्रर्वद्धनका लागि विराट राजाको दरबारको क्षेत्रदेखि बर्जु तालसम्म दौड (हाफ म्याराथन)  प्रतियोगिता आयोजना गर्ने भएको छ । जेठ ६ गते शनिवार बिहान ६ बजे साे हाफ म्याराथन प्रतियोगिता हुने जानकारी प्राप्त भएको छ ।

सो म्याराथन गरी मोरङको विराटनगर १८ स्थित भेडियारीमा रहेको विराट राजाको दरवार र सुनसरीको बर्जु पालिकामा रहेको ऐतिहासिक बर्जु ताललाई चिनाउने  मुख्य उदेश्य रहेको छ । सो म्याराथनलाई सफल बनाउन बर्जु गाँउपालिकाका अध्यक्ष जिबछ कुमार राय र समग्र गाँपाका जनप्रतिनिधिका टोली अहोरात्र खटीरहेका छन् । उनले एक एक समाजका नागरिक, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं संचारकर्मीसँग म्यारथनलाई कसरी सफल बनाउने विषय दैनिक छलफल चलाईरहेका छन् ।  गाँपा अध्यक्ष रायले आफ्नो क्षेत्रमा रहेको ऐतिहासिक सम्पदाको प्रवद्र्धन गर्न आफु सदैव तत्पर रहेको प्रतिक्रिया समेत दिएका छन्  ।

उता मुल आयोजक कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय भने सो म्याराथोनलाई सफल बनाउन खासै चिन्तित र जिम्मेवार भएको देखिदैन । प्रचारप्रसारको लागी मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनबारे स्थानीय संचारमाध्यमलाई समेत सार्वजनिक सूचना नदिँदा प्रचारप्रसार प्रभावकारी ढंगले हुन सकेन । पहिलो गाँसमै ढुंगापरेपछि म्याराथन गराउने नाममा राज्यको सम्पत्ति त्यसै खेर जाने त हैन भन्ने विषयमा पत्रकार प‌ंक्ति स‌शंकित छन् ।

आयोजक कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री जीवन आचार्य हुन् । उनी बाहलबाला प्रधानमन्त्री प्रचण्डका ज्वाइँ समेत हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]