२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (17 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 188600
Silver 1 Tola Nrs. 1980

शिक्षा अधिकृतले दु:ख दिएकाे भन्दै कानेपाेखरीका शिक्षक आन्दाेलित

Logo
संवाददाता जनचर्चा प्रकाशित मंगलबार, जेठ ०२, २०८०

विराटनगर
मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् ।
गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ केन्द्रीत भएको आरोप पनि लगाएका छन् । ‘शिक्षकको सरुवा, करार शिक्षक नियुक्ति र शिक्षक पदस्थापनामा अनियमितताका कुराहरु सुन्नमा आएका छन्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘शिक्षा शाखामा जाँदा प्रधानाध्यापक तथा शिक्षकका फायलहरु फालिदिने, बारम्बार दुःख दिने, शिक्षकलाई होच्याएर बोल्ने जस्ता कुरा जग जाहेरै छन् ।’

शिक्षा शाखाबाट भइरहेका यसखाले गतिविधिप्रति पालिका नेतृत्व मुकदर्शक बनेको पनि उनीहरुले आरोप लगाएका छन् । ‘सम्बन्धीत निकाय बेखबर नै रहेको र निज शिक्षा अधिकृतले आफ्नो व्यवहार पविर्तन नगरेको साथै दिनप्रतिदिन सोही क्रियाकलाप दोहोरिरहेको पाइएकोले हामी ज्ञापन पत्र बुझाउन बाध्य छौं । अति गर्नु तर, अतिचार नगर्नु,’ ज्ञापनपत्रमा उल्लेख छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक महासंघका अध्यक्षहरु क्रमशः सुरतलाल चौधरी, जंगबहादुर बोहोरा, सन्जीव खड्का र विजयगोपाल गड्तौलाले हस्ताक्षर गरिएको ज्ञापन पत्रमा विभिन्न ९ वटा माग समावेश गरिएको छ । जसमा एक महिनाभित्र शिक्षा अधिकृत बेगबहादुर काफ्लेको सरुवा गर्नुपर्ने, करार शिक्षक नियुक्ति प्रक्रिया पारदर्शी बनाउन शिक्षा नियमावलीमा भएको व्यवस्थाअनुसार व्यवस्थापन समितिबाट विषयविज्ञ चयन गर्ने व्यवस्था गर्नुपर्ने, शिक्षा समितिले सम्पादन गर्ने हरेक शैक्षिक गतिवधिका कार्यमा महासंघको प्रतिनिधिलाई अनिवार्य सहभागी गराउनु पर्ने, समयमै मासिक तलब निकासा हुनुपर्ने, बालविकास शिक्षकको बढेको तलब २ हजार तत्काल भुक्तानी गर्नुपर्ने, विद्यालयको आवश्यक शैक्षिक सामग्रीको व्यवस्थाका लागि बजेटको व्यवस्था गर्नुपर्ने र विभिन्न समयमा संचालन भएका कम्प्युटरसम्बन्धी तालिम, गोष्ठी तथा स्थानीय पाठ्यक्रम प्रविधिकरण तालिममा सहभागी शिक्षक कर्मचारीलाई रकम बुझेको भरपाइमा हस्ताक्षर गराएर रकम नदिएकोमा अविलम्ब भुक्तानीको व्यवस्था हुनुपर्ने उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]