२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

स्वर्ण जयन्तीको भव्य तयारी गर्दे अतिथि सदन

सेवा ही परमो धर्म मान्ने अतिथि सदनको स्वर्ण जयन्ती भव्य हुने अध्यक्ष दिनेश गोल्छाले बताएका छन् ।
Logo
निरज बस्नेत

विराटनगर
विराटनगरको मुटु मेनरोडमा रहेको प्रतिष्ठित सामाजिक संस्था अतिथि सदनको स्वर्ण जयन्ती आउँदो १६ असारमा भव्य हुदैछ । सेवा ही परमो धर्म मान्ने अतिथि सदनको स्वर्ण जयन्ती भव्य हुने अध्यक्ष दिनेश गोल्छाले बताएका छन् । स्वर्ण जयन्तीको मुख्य कार्यक्रम आउँदो १६ असारमा भव्य अनि सव्य हुनेछ ।

स्वर्ण जयन्ती समारोहका प्रमुख संयोजकमा सुशील धनावतलाई तोकिएको छ । विराटनगरको एक प्रतिष्ठित सामाजिक संस्थाको रुपमा विगत ५२ बर्षअघिदेखी स्थापित अतिथि सदनको स्वर्ण जयन्तीमा विविध कार्यक्रम हुने अध्यक्ष गोल्छा बताउँछन् ।

सो सम्वन्धमा सदनको सचिवालयमा बुधवार जानकारी दिने क्रममा गोल्छाले भने, हुन त हामीले यो कार्यक्रम २ बर्षअघिनै गर्नुपर्ने थियो । तर, कोभिडका कारण ढिला भएको बताएँ ।

यस अवसरमा आँखा जाँच शिविर आउँदो जेठ १३ गते शनिवार हुदैछ । यसका संयोजकमा जितेन्द्र राठी रहेका छन् । उक्त शिविरमा आँखा जाँचका साथै औषधी वितरण एवं आवश्यक परेको खण्डमा अप्रेशन समेत गरिने जनाइएको छ ।

त्यस्तैगरी १७ जेठमा रक्तदान कार्यक्रम हुनेछ । रक्तदान कार्यक्रमका संयोजकमा संजय दुगड रहेका छन् । दुगडका अनुसार रक्तदान कार्यक्रम विहान ८ बजे अतिथि सदनमानै हुनेछ ।

यही दिन होमियोपैथी मेडिकल शिविर पनि चल्नेछ । यसको संयोजकमा घनश्याम राठी रहेका छन् । राठीका अनुसारमा यस दिन २ जना डाक्टरसहितको टिमले उपचार गर्नेछन् । आएका विरामीलाई औषधीको पनि प्रबन्ध मिलाइएको छ ।

यसै दिनबाट हामियोपैथीको उपचार प्रत्येक मंगलवार अतिथि सदनबाटनै गरिने कुराको जानकारी गराइयो । यी सवै कार्यक्रम अतिथि सदनमानै हुनेछन् ।

अतिथि सदन बाहिर एउटा महत्वपूर्ण कार्यक्रम हुनेछ । जुन कार्यक्रम १६ असारमा झोराहाटमा रहेको जनकल्याण विद्यालयमा हुनेछ । ३ सय विद्यार्थीलाई पाठ्यसामाग्री प्रदान गरिनेछ । यस कार्यक्रमका संयोजकमा सुधीर कुमार अग्रवाललाई तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]