११ कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

स्वर्ण जयन्तीको भव्य तयारी गर्दे अतिथि सदन

सेवा ही परमो धर्म मान्ने अतिथि सदनको स्वर्ण जयन्ती भव्य हुने अध्यक्ष दिनेश गोल्छाले बताएका छन् ।
Logo
निरज बस्नेत प्रकाशित बुधबार, जेठ १०, २०८०

विराटनगर
विराटनगरको मुटु मेनरोडमा रहेको प्रतिष्ठित सामाजिक संस्था अतिथि सदनको स्वर्ण जयन्ती आउँदो १६ असारमा भव्य हुदैछ । सेवा ही परमो धर्म मान्ने अतिथि सदनको स्वर्ण जयन्ती भव्य हुने अध्यक्ष दिनेश गोल्छाले बताएका छन् । स्वर्ण जयन्तीको मुख्य कार्यक्रम आउँदो १६ असारमा भव्य अनि सव्य हुनेछ ।

स्वर्ण जयन्ती समारोहका प्रमुख संयोजकमा सुशील धनावतलाई तोकिएको छ । विराटनगरको एक प्रतिष्ठित सामाजिक संस्थाको रुपमा विगत ५२ बर्षअघिदेखी स्थापित अतिथि सदनको स्वर्ण जयन्तीमा विविध कार्यक्रम हुने अध्यक्ष गोल्छा बताउँछन् ।

सो सम्वन्धमा सदनको सचिवालयमा बुधवार जानकारी दिने क्रममा गोल्छाले भने, हुन त हामीले यो कार्यक्रम २ बर्षअघिनै गर्नुपर्ने थियो । तर, कोभिडका कारण ढिला भएको बताएँ ।

यस अवसरमा आँखा जाँच शिविर आउँदो जेठ १३ गते शनिवार हुदैछ । यसका संयोजकमा जितेन्द्र राठी रहेका छन् । उक्त शिविरमा आँखा जाँचका साथै औषधी वितरण एवं आवश्यक परेको खण्डमा अप्रेशन समेत गरिने जनाइएको छ ।

त्यस्तैगरी १७ जेठमा रक्तदान कार्यक्रम हुनेछ । रक्तदान कार्यक्रमका संयोजकमा संजय दुगड रहेका छन् । दुगडका अनुसार रक्तदान कार्यक्रम विहान ८ बजे अतिथि सदनमानै हुनेछ ।

यही दिन होमियोपैथी मेडिकल शिविर पनि चल्नेछ । यसको संयोजकमा घनश्याम राठी रहेका छन् । राठीका अनुसारमा यस दिन २ जना डाक्टरसहितको टिमले उपचार गर्नेछन् । आएका विरामीलाई औषधीको पनि प्रबन्ध मिलाइएको छ ।

यसै दिनबाट हामियोपैथीको उपचार प्रत्येक मंगलवार अतिथि सदनबाटनै गरिने कुराको जानकारी गराइयो । यी सवै कार्यक्रम अतिथि सदनमानै हुनेछन् ।

अतिथि सदन बाहिर एउटा महत्वपूर्ण कार्यक्रम हुनेछ । जुन कार्यक्रम १६ असारमा झोराहाटमा रहेको जनकल्याण विद्यालयमा हुनेछ । ३ सय विद्यार्थीलाई पाठ्यसामाग्री प्रदान गरिनेछ । यस कार्यक्रमका संयोजकमा सुधीर कुमार अग्रवाललाई तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]