२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
Gold Silver Price (19 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192600
Silver 1 Tola Nrs. 2185

समाजसेवी पारसको अग्रसरता ऋषिदेव वस्तीमा

विराटनगर ५ चाँदनी चोकका स्थानीय वासिन्दा पारस थापा आजभोली ऋषिदेव वस्ती विराटनगर १२ मा भेटिन्छन् । उनी त्यहाँ पवित्र मन लिएर मात्र समाजसेवा गर्नकै लागि जान्छन् ।
Logo
निरज बस्नेत प्रकाशित शनिबार, जेठ १३, २०८०

विराटनगर, जेठ १३
विराटनगर ५ चाँदनी चोकका स्थानीय वासिन्दा पारस थापा आजभोली ऋषिदेव वस्ती विराटनगर १२ मा भेटिन्छन् । उनी त्यहाँ पवित्र मन लिएर मात्र समाजसेवा गर्नकै लागि जान्छन् ।

हातमा कापी कलम साथमा लिएरनै जान्छन् । थापा त्यस ठाउँमा पुग्नासाथ स–साना नानीहरु खुशीले रमाउँछन् । यिनले पठनपाठनका लागि भनेर ती साना साना नानीहरुलाई शिक्षाको लागि पढ्ने सामाग्रीहरुको जोहो गर्दे आइरहेका छन् ।

यस्तो महान् कार्यका लागि यिनले आफ्नै खर्चबाट धानिरहेका छन् । स–साना नानीहरुको सरसफाईमा समेत विशेष ध्यान पुर्याउँदै हात धुने तरिका सिकाएका छन् । यसका लागि चाहिने आवश्यक साबुन पनि आफै किनिदिन्छन् ।

यस्ता सामाजिक कार्यहरुमा यिनको मन विगत १० बर्ष अगाडीदेखीनै आएको हो । आजभन्दा १० बर्ष अगाडीनै यिनले जव ऋषिदेव वस्ती हेरे । त्यो समयमानै त्यहाँ केही गर्छु भन्ने हुटहुटी आएकै थियो ।

विराटनगर १२ औषधी फ्याक्ट्री पछाडी रहेको यो ऋषिदेववस्तीमा रहेका करिब करिब २५ जना स–साना बालबालिकाको अवस्था एकदमै विपन्न अवस्थाकै रहेको छ । कसैको सहयोग विना यिनीहरु विद्यालय गएर पढ्ननै असंभव थियो ।

आज यहाँका बालबालिका २५ जनाले नै राम्ररी पढिरहेका छन् । उमेर ५ देखी १२ बर्षसम्मका नानीहरु अध्ययनरत छन् । विराटनगर १२ मै रहेको बखरी आधारभूत विद्यालयमा बालबालिकाहरु अहिले पढिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ । विराटनगर, असार २० – गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या […]

विराटनगर, असार २० गते । विज्ञान संकायतर्फ नेपालकै उत्कृष्ट मानिने विराटनगरको अरनिको कलेजले भर्नाका लागि नयाँ नियम लागू गरेको छ। कलेजले ‘जुन विद्यार्थी पहिले भर्ना लिन्छ, उसले पढ्न पाउने’ नियम अनुसार भर्ना प्रक्रिया सुरु गरेको छ। शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ मा विज्ञान संकाय तर्फ एक हजार विद्यार्थी भर्ना लिने तयारी पूरा गरेको […]

विराटनगर, असार २० । निजी कलेजहरूलाई समेत चुनौती दिँईरहेकाे देशकै शीर्ष सरकारी विद्यालयहरूमध्ये पर्ने विराटनगरकाे पोखरीया विद्यालयले शुक्रवार कक्षा ११ को पहिलो चरणको प्रवेश परीक्षा सफलतापूर्वक सञ्चालन गरेको छ। प्रवेश परीक्षामा विज्ञान (Science) विषयमा २६० जना र व्यवस्थापन (Management) विषयमा १५५ जना गरी कुल ४१५ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन्। सरकारी विद्यालयको प्रवेश परीक्षामा यो […]