१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

प्रेस चौतारी धनकुटाको साधारण सभाः रुचाललाई सम्मान, सुवेदीलाई पुरस्कार

Logo
संवाददाता जनचर्चा प्रकाशित आइतबार, जेठ १४, २०८०

धनकुटा । प्रेस चौतारी धनकुटाले अग्रज पत्रकारलाई सम्मान र क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ । शनिवार वार्षिक साधारण सभाको अवसर पारेर अग्रज पत्रकार सन्तोष रुचाललाई सम्मान र क्रियाशील पत्रकार सन्तोष सुवेदीलाई पुरस्कृत गरिएको हो ।

सङ्गठनमा सक्रिय रहँदै पत्रकारिता क्षेत्रको विकासमा योगदान पुर्याएबापत पत्रकार रुचाललाई सम्मान र सङ्गठनमा रहेर सक्रिय पत्रकारिता गर्दै पेशागत र सांगठनिक हितमा योगदान गरेबापत पत्रकार सुवेदीलाई पुरस्कृत गरिएको प्रेस चौतारीका धनकुटा अध्यक्ष रविन कटेलले जानकारी दिए । सम्मानित रुचाल २२ वर्ष अघिदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छन् । रेडियो मकालु र नयाँ पत्रिका दैनिकमा कार्यरत रुचाल प्रेस चौतारीका केन्द्रिय सदस्य तथा पूर्व जिल्ला अध्यक्षसमेत हुन् ।

यता, पत्रकार सुवेदीलाई नगद ७ हजार १ सय ११ नगदसहित ‘धनकुटा क्रियाशील पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत गरिएको हो । संगालोखबर अनलाइनमा कार्यरत सुवेदी विगत चार वर्षदेखि पत्रकारिता पेशामा सक्रिय छन् । प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, केन्द्रिय उपाध्यक्ष गणेश पाण्डे, प्रदेश इन्चार्ज विक्रम लुइटेल, सहइन्चार्ज देवेन्द्र कार्की, केन्द्रिय सदस्य सन्तोष काफ्ले, प्रदेश अध्यक्ष अविजाल विष्ट, जिल्ला अध्यक्ष कटेल लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी रुचाललाई सम्मान र सुवेदीलाई पुरस्कृत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारीका केन्द्रिय अध्यक्ष बस्नेतले पत्रकारको हकहित र पत्रकारिताको विकासका लागि प्रेस चौतारी सँधै अग्रपङ्तिमा रहने बताए । पत्रकार महासङ्घले जारी गरेको पत्रकार सदस्यता शुद्धिकरण मापदण्ड कडाइका साथ कार्यान्वयन गर्ने गरी अघि बढ्न चौतारी धनकुटा शाखालाई निर्देशन पनि दिए । प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष पाण्डेले पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउँन महासङ्घभित्र सदस्यता शुद्धिकरणको खाँचो औँल्याए ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख सावित्रा राई, प्रेस चौतारीका प्रदेश इन्चार्ज लुँइटेल, सहइन्चार्ज कार्की, केन्द्रिय सदस्य द्वय काफ्ले र रुचाल, प्रदेश अध्यक्ष विष्ट, पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ, जिल्ला अध्यक्ष नगेन्द्र राई, फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा, राष्ट्रिय युवा संघका अध्यक्ष प्रविण पोख्रेल लगायतले साधारण सभा सफलताको शुभकामना दिए ।

यसैबीच, प्रेस चौतारीका सचिव भीम मल्लले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक र कोषाध्यक्ष रविन्द्र रनपएलीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारण सभाले सर्वसम्मत पारित गरेको छ । साधारण सभाले पत्रकार महासङ्घको सदस्यता शुद्धिकरण मापदण्ड कडाइका साथ कार्यान्वयनमा जुट्ने निर्णय पनि गरेको प्रेस चौतारीका उपाध्यक्ष विश्वराज श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]