२२ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

डाक्टर उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिन्छ : सांसद शर्मा

Logo
निरज बस्नेत प्रकाशित शुक्रबार, जेठ २६, २०८०

काठमाडौं
प्रतिनिधि सभा सदस्य डा।सुनिल शर्माले डाक्टरको उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिने भएकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले डाक्टर उत्पादन बढाएर विश्वबजारमा पठाउँन सके छिटै मुलुकलाई समृद्ध बनाउँन सकिने धारणा राखेका हुन् ।

क्यूवा र बंगलादेशले डाक्टर उत्पादन गरेर विश्वबजारमा पठाई बार्षिक खरबौं पैसा देशमा भित्र्याइरहेको उदाहरण दिदैं सांसद शर्माले नेपालले पनि यसबाट पाठ सिक्नुपर्ने तर्क गरे । नेपाल भन्दा ७५ प्रतिशत कम जनसंख्या भएको देश क्यूवाले ५० हजार डाक्टर उत्पादन गरेर अमेरिका, क्यानडा, यूके, फ्रान्स लगायत देशमा पठाई बार्षिक १४ खर्ब पैसा देशमा भित्र्याइरहेको तथ्यांक सांसद शर्माले प्रस्तुत गरे । लाखौं युवाहरु मजदुरी गर्न खाडी मुलुक गइरहेको अवस्थामा देशमा डाक्टर, इन्जिनियरसहितका दक्ष जनशक्ति उत्पादन गरेर विश्वबजारमा पठाउँन सके १० बर्षभित्रै मुलुकको आर्थिक विकासले फड्को मार्ने सांसद शर्माको आकलन छ ।

‘क्यूवा, बंगलादेश जस्ता मुलुकले डाक्टर उत्पादन गरेर विश्व बजारमा पठाई बार्षिक खरबौं पैसा देशमा भित्र्याइरहेका छन्,’ सभामुख मार्फत अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद शर्माले भने, ‘विश्वबजारमा बेच्न सकिने हाइड्रोपावर भन्दा पनि हटकेकको रुपमा यो क्षेत्र छ, मुलुकलाई समृद्ध बनाउँन सरकारले यो बिषयमा ध्यान दिओस् ।’

बजेटले, विपन्न र पछाडि परेका क्षेत्रका विद्यार्थीलाई मेडिकल, इन्जिनियरिङ जस्ता राम्रो शिक्षा पढ्न केही सहजिकरण नगरेको भन्दै उनले असन्तुष्टि जनाए । सरकारी अस्पतालमा मात्र स्वास्थ्य विमाको उपचार हुने भनेर सरकारले विमामा पनि व्यापार गरेको भन्दै सांसद शर्माले आक्रोश पोखे । विभिन्न बाहनामा मेडिकल कलेजमा सिट संख्या कटौति गर्ने गरिएको प्रति पनि सांसद शर्माले आपत्ति जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]