२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

जिवस र जीवाश्रीलाई स्वर्ण

Logo
संवाददाता जनचर्चा

काठमाडाैं
जिवस भट्टराई र जीवाश्री भट्टराईले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यु–८ सिंगल्समा आइतबार स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा जिवसले भिरल अग्रवाललाई १०–९, १–१० र १०–८ ले पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा जीवाश्रीले निम्ति कुँवरलाई १०–८, ८–१० र १०–८ ले हराइन् ।

राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा मनोजशमशेरजंगबहादुर राणा र विदुर विष्टको जोडीले सहदेव ढुंगाना र ध्रुवबहादुर गुरुङको जोडीलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गर्दै अशोक र रामबहादुर तामाङको जोडीसंग फाइनल भेट पक्का गरे ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा मनोजशमशेरजंगबहादुर राणा, अशोक कुमार र कमल थापा अगाडि बढे । भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा निरेशबहादुर श्रेष्ठ र गोपालदास मानन्धर, विकास गुरुङ र शरण गुरुङ तथा मोहम्मद युनुस र अन्वर अलीले जित हात पारे । ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वर, कमल थापा, उत्तमकुमार लामा, सुनिल गुरुङ र राजु श्रेष्ठ अघिल्लो चरणमा प्रवेश गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, नवीन श्रेष्ठ, प्रवेश पन्त, साम्दुप लामा, भीष्मजंग गुरुङ, अनिल साइ, कृष्ण उप्रेती, सन्तोष खत्री, सिमान्त गुरुङ, प्रणव मल्ल, सञ्जय श्रेष्ठ, दावा सोनाम शेर्पा, छेवाङ लामा, सोम राना मगर, सुब्रत बस्नेत र पूर्व च्याम्पियन जितेन्द्र परियारले सफलता पाए । ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, उत्तमकुमार लामा, सुकमान तामाङ, महेश श्रेष्ठ, विकास गुरुङ, मानबहादुर कट्वाल, मोहम्मद युनुस र थोङवान तुलेश्वरले आ–आफ्नो खेल जिते ।

यु–९ ब्वाइज सिंगल्समा अर्याशराज पौडेल, भेडान्त चालिसे, संघर्ष फोडार, आरित मल्ल, भिराल अग्रवाल, निश्चल ज्ञवाली, इभान भट्टराई र सभ्यजंग कार्कीले जित हात पारे । यु–१० गल्र्स सिंगल्समा थिअ श्रेष्ठ, आयाना भद्र र आयुश्री हजुर घले विजयी भए । यु–१० ब्वाइज सिंगल्समा बोश्वविशेष डल्लाकोटी, अर्याशराज पौडेल, निश्चल ज्ञवाली र सुजन कुइकेल विजयी भए ।

यु–१६ ब्वाइज सिंगल्समा वृजेश अर्यालले देवाशिश रेउलेलई ६–४ र ६–३ ले पराजित गरे । आगामी असार २ गतेसम्म आयोजना हुने प्रतियोगितालाई नेपाल टेनिस एसोसियसनले प्राविधिक सहयोग गरेको छ । प्रतियोगितामा जुनियर्स र सिनियर्स र भेट्रान्स विधा समावेश गरिएको छ ।

प्रतियोगितामा पुरुष र महिलाको अन्डर ८, अन्डर ९, अन्डर १०, अन्डर १२, अन्डर १४ तथा अन्डर १६ मा सिंगल्स र डबल्स सहितका स्पर्धा समावेश छन् । यस्तै मेन्स र वुमन्सको सिंगल÷डबल्स सहित ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि गरि ११ विधा समावेश गरिएको छ ।

मेन्स सिंगल्स र वुमन्स सिंगल्सको विजेताले समान १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । मेन्स र वुमन्स डबल्सका विजेताले समान ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सिनियर विधामा ३५ वर्षमाथिको विधाको विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार तथा डबल्स विधाको विजेताले ३० हजार, दोस्रोले १६ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४५ वर्षमाथि विधाको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सोही उमेर समूहको डबल्स विधाका विजेताले २५ हजार, दोस्रोले १४ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

५५ वर्षमाथिको विधाको विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार तथा सोही उमेर समूहको डबल्स विधाको विजेताले २० हजार, दोस्रोले १३ हजार र तेस्रो हुने टिमले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । जुनियरतर्फको विजेताले ६ देखि २० हजार रुपैयाँसम्म प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पुरस्कारमा मात्र १४ लाख ८५ हजार रुपैयाँ खर्च हुने राइजिङ स्टार एकेडेमीका अध्यक्ष रविन प्रधानले जानकारी दिए ।

जुनियर लेभलबाट सिनियर लेभलसम्मका टेनिस खेलाडी उत्पादनमा सहयोग पुर्याउन प्रतियोगिताको आयोजना गरिएको एकेडेमीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]