१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

वानर सेनाको टिजर सार्वजनिक

Logo
संवाददाता जनचर्चा

झापा
नेपाली कथानक चलचित्र वानर सेनाको शुक्रवार टिजर सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र वानर सेनाको टिजर सार्वजनिक भएकाे हो ।
विजया दशमीको अवसर पारेर प्रर्दशनको तयारी गरिरहेको वानर सेनाको छायङ्कन सम्पन्न भइसकेकाे छ। निर्माता युवराज गिरी र अर्पण गिरीले निर्देशन गरेको यो चलचित्र गिरी ग्रेण्ड फिल्म प्रालिको ब्यानरमा तयार गरिएको छ । रामायण बेसमा आधारित रहेर तयार पारिएको यो चलचित्र नेपालकै पहिलो चलचित्र हुने दावी गरिएको छ ।
रामायण बेसमा पहिलो नेपाली कथानक चलचित्रका रुपमा वानर सेनालाई उभ्याइएको निर्माण पक्षको दाबी छ । यो चलचित्र निर्माण र निर्देशन झापालीले गर्न लागेका हुन् । चलचित्र निर्माणकर्ता युवराज निर्देशक अर्पणका बुवा हुन् । यता प्रोडक्सन म्यानेजरका रुपमा युवराजकी छोरी अंशिका गिरी रहेकी छिन् ।
क्यानडाको विनिवेगमा बसेर चलचित्र सम्बन्धी अध्ययन गर्दै चलचित्र निर्माणका लागि मात्रै तीन वर्ष रिसर्च गरेका अर्पणले रामायण बेसमा यो चलचित्र तयार पारेको बताइएको छ ।
यो चलचित्रमा सुरवीर पण्डित, किशोर खतिवडा, अर्जुन गुरुङ, कामेश्वर चौरासिया, किशनबाबु बस्नेत, रमेश सोडारी,युवराज गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]