१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सौर्य एयरलाइन्सको टिकट आईएमई-पे मार्फत काट्दा चन्द्रागिरि केबलकार फ्रि

Logo
संवाददाता जनचर्चा

झापा
सौर्य एयरलाइन्सले सेवाग्रहीलाई लक्षित गरेर विभिन्न अफरहरु ल्याएको छ । आईएमई-पे मार्फत सौर्य एयरलाइन्सको जहाजको टिकट काट्ने यात्रीले चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने भएको हो ।

सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले करिब ८ सय रुपैयाँ पर्ने चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने सम्झौता आईएमई ग्रुपसँग भएको जानकारी दिए ।

सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने यात्रीमध्ये जतिले आईएमई पेमार्फत टिकट काट्छन्, सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क पाउने अध्यक्ष पोख्रेलले बताए । झापााको भद्रपुर, विराटनगर, पोखरा लगायतका स्थानबाट सौर्यको जहाज चढेर काठमाडौं पुगेकायात्रीले आईएमई पेमार्फत टिकट काटेमा सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने अध्यक्ष पोखरेलले जानकारी दिए ।

काठमाडौंबाट अन्य रुटमा यात्रा गर्ने यात्रीले पनि ‘आईएमई पे’मार्फत टिकट काटेको भए उनीहरूलाई पनि चन्द्रागिरिको टिकट निःशुल्क उपलब्ध गराइने पोखरेलले बताए । झापा भद्रपुर निवासी व्यवसायी पोख्रेल सामाजिक काममा सक्रिय रहेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]