०९ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

धनकुटामा रोजगार मेलाः बेरोजगार र रोजगारदाताको एकैठाउँमा जमघट

Logo
संवाददाता जनचर्चा प्रकाशित आइतबार, आषाढ ०३, २०८०

धनकुटा
धनकुटामा शनिवार वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिएको छ । बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी उपलब्ध गराउँन सहजिकरण गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले एक दिने मेला आयोजना गरेको हो ।

कोशी प्रदेश सभा सदस्य निरन राईले मेला उद्घाटन गरेका छन् । मेला उद्घाटन गर्दै प्रदेश सभा सदस्य राईले बेरोजगार जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याएर आयोजना गरिएको रोजगार मेला निकै फलदायी हुने विश्वास व्यक्त गरे । सबै किसिमको कामलाई सम्मान गर्नुपर्ने भन्दै उनले कामका आधारमा कसैलाई पनि विभेद गर्न नहुने धारणा राखे । जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले तीनै तहको सरकार मिलेर व्यवसायीक शिक्षा मार्फत रोजगारमूलक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । बजारको आवश्यकता अनुसार जनशक्ति उत्पादन भएमा रोजगारीको सुनिश्चितता हुने भएकाले सोही अनुसार जनशक्ति उत्पादनमा ध्यान दिन उनको सुझाव छ ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्यमशीलताको विकासलाई प्राथमिकतामा राखेर उद्यमशीलतासँगै रोजगारी वृद्धि गर्दै अघि बढ्ने धारणा राखे । मेलामा आवेदन दिएका युवायुवतीलाई थप सीप सिकाएर दक्ष बनाउँन नगरपालिकाले सहयोग गर्ने उनले जानकारी दिए । धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनाल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी, सामाजिक विकास मन्त्रालयका शिक्षा योजना तथा अनुसन्धान महाशाखा प्रमुख कृष्णप्रसाद पोख्रेल, धनकुटा बहुमुखी क्याम्पस प्रमुख होमबहादुर बस्नेत, उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, समृद्धि आयोजनाका जीवन श्रेष्ठ लगायतले बेरोजगार युवायुवतीलाई रोजगारीको वातावरण निर्माण गर्न मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे ।

रोजगार प्रदायक, तालिम प्रदायक, परामर्शदाता र उद्यमका १५ स्टल राखिएको मेलामा बेरोजगार व्यक्ति र रोजगारदाताको जमघट थियो । रोजगारदाता ५३ संस्थाले मासिक ७ हजारदेखि ४५ हजारसम्म तलब सुविधा दिने गरी १७० जना कर्मचारी मागसहित मेलामा विवरण बुझाएका छन् । होटल, पशुपालन, चियाखेती, सवारी, ग्रिल लगायत क्षेत्रका उद्योग व्यवसायले कर्मचारी माग गरेका छन् । यता, रोजगारीको खोजी र तालिम माग गर्दै ४५५ जना व्यक्ति सम्पर्कमा आएका छन् । उनीहरूलाई रोजगारदाताहरूसँग सम्पर्क गराएर रोजगारीका लागि सहजिकरणको काम थालिएको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए ।

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको सहयोग तथा हेल्बेटासको प्राविधिक सहयोगमा आयोजित मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा र सीपमुलक तालिम दिने संस्थाको बारेमा पनि जानकारी गराइएको छ । धनकुटामा पहिलो पटक आयोजना गरिएको रोजगार मेलामा स्थानीय उद्योगका उत्पादनहरू पनि प्रदर्शनीका लागि राखिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]