०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

लियो अध्यक्षमा खड्का निर्विरोध निर्वाचित

Logo
संवाददाता जनचर्चा

सुनसरी
लियो जिल्ला परिषद ३२५ सीको जिल्ला अधिबेशनबाट इटहरीका नवराज सिह खड्का निर्विरोध निर्वाचित भएका छन् ।  शनिवार इटहरीको लायन्स भवनमा भएको निर्वाचनबाट खड्का निर्विरोध निर्वाचित भएका हुन् । लियोको जिल्ला परिषद उपाध्यक्षका रुपमा काम गरि सकेका उनी इटहरी सुनसरी लियो क्लबको अध्यक्ष हुँदै जिल्ला परिषदका विभिन्न पदहरुमा काम गरिसकेका थिए ।

आठ बर्षदेखि लियोमा आवद्ध खड्का विभिन्न कालखण्डमा बिभिन्न पदहरुमा काम गर्दै आएका सक्रिय सदस्य हुन । निर्वाचित भएपछि खड्काले आफ्नो क्षेत्रमा रहेका लियो क्लबले गर्ने हरेक गतिविधिमा जिल्ला परिषदले पुलको काम गर्ने र सम्पुर्ण लियोमा लागेका युवालाइ नेतृत्वमा ल्याउन आफू कृयाशिल हुने गरि कार्य योजना बनाउने बताएका छन् । लियो लाई ब्रान्डिङ गर्दै समाजका अन्य युवाहरुलाई समेत लियोमा आकर्षण गर्न बिभिन्न योजनाहरु बनाएर चाडैँ सार्वजनिक गर्ने खड्काको भनाई छ । आफ्नो योजनामा सबैको साथ र समर्थन आफुलाइ प्राप्त हुने बिश्वास खड्काले व्यक्त गरेका छन् ।

त्यस्तै लियोको जिल्ला परिषद उपाध्यक्षमा लियो मोहम्द अब्बुबकर राइन निर्वाचित भएका छन् । राइन पनि बिगत लामो समय देखि लियोको अभियानमा लागेर सामाजिक काममा समर्पित ब्यक्ति हुन् । कार्यकालमा आफ्नो बल बुतोले भ्याए सम्म काम गरि जिल्लाको गरिमा लाई उचाईमा पुराउने राइनले बताएका छ्न् । अध्यक्षमा निर्वाचित खड्काले आफ्नो कार्यकालमा विभिन्न सामाजिक सेवाका कार्यहरुका साथै थिम सेमिनार, युथ कन्केलेभ, इन्टरनेश्नल युथ क्याम्पका साथ बिभिन्न तालिम तथा सामाजिक सेवा कार्यक्रमहरु समय सापेछ गर्ने बताएका छ्न। निर्वाचित खड्काले आफ्नो कर्याकालको आफ्नो बोर्ड चाँडै नै मनोनयन गरी सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]