१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

लियो अध्यक्षमा खड्का निर्विरोध निर्वाचित

Logo
संवाददाता जनचर्चा

सुनसरी
लियो जिल्ला परिषद ३२५ सीको जिल्ला अधिबेशनबाट इटहरीका नवराज सिह खड्का निर्विरोध निर्वाचित भएका छन् ।  शनिवार इटहरीको लायन्स भवनमा भएको निर्वाचनबाट खड्का निर्विरोध निर्वाचित भएका हुन् । लियोको जिल्ला परिषद उपाध्यक्षका रुपमा काम गरि सकेका उनी इटहरी सुनसरी लियो क्लबको अध्यक्ष हुँदै जिल्ला परिषदका विभिन्न पदहरुमा काम गरिसकेका थिए ।

आठ बर्षदेखि लियोमा आवद्ध खड्का विभिन्न कालखण्डमा बिभिन्न पदहरुमा काम गर्दै आएका सक्रिय सदस्य हुन । निर्वाचित भएपछि खड्काले आफ्नो क्षेत्रमा रहेका लियो क्लबले गर्ने हरेक गतिविधिमा जिल्ला परिषदले पुलको काम गर्ने र सम्पुर्ण लियोमा लागेका युवालाइ नेतृत्वमा ल्याउन आफू कृयाशिल हुने गरि कार्य योजना बनाउने बताएका छन् । लियो लाई ब्रान्डिङ गर्दै समाजका अन्य युवाहरुलाई समेत लियोमा आकर्षण गर्न बिभिन्न योजनाहरु बनाएर चाडैँ सार्वजनिक गर्ने खड्काको भनाई छ । आफ्नो योजनामा सबैको साथ र समर्थन आफुलाइ प्राप्त हुने बिश्वास खड्काले व्यक्त गरेका छन् ।

त्यस्तै लियोको जिल्ला परिषद उपाध्यक्षमा लियो मोहम्द अब्बुबकर राइन निर्वाचित भएका छन् । राइन पनि बिगत लामो समय देखि लियोको अभियानमा लागेर सामाजिक काममा समर्पित ब्यक्ति हुन् । कार्यकालमा आफ्नो बल बुतोले भ्याए सम्म काम गरि जिल्लाको गरिमा लाई उचाईमा पुराउने राइनले बताएका छ्न् । अध्यक्षमा निर्वाचित खड्काले आफ्नो कार्यकालमा विभिन्न सामाजिक सेवाका कार्यहरुका साथै थिम सेमिनार, युथ कन्केलेभ, इन्टरनेश्नल युथ क्याम्पका साथ बिभिन्न तालिम तथा सामाजिक सेवा कार्यक्रमहरु समय सापेछ गर्ने बताएका छ्न। निर्वाचित खड्काले आफ्नो कर्याकालको आफ्नो बोर्ड चाँडै नै मनोनयन गरी सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]