१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कटहरी गा.पा.काे बजेट : ५ करोड ४९ लाख ८१ हजार १ सय

Logo
संवाददाता जनचर्चा

कटहरी
मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५५ करोड ४९ लाख ८१ हजार १ सय रुपैया बराबरको बजेट ल्याएको छ । कटहरी गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा बिहीबार गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले प्रशासनिक तथा संचालन खर्च १० करोड ७४ लाख ६८ हजार, कार्यक्रम तथा योजना खर्च चालु र पूँजीगत खर्च ४४ करोड ७५ लाख १३ हजार १ सय रुपैयाँ विनायोजन गरेकी हुन् ।

आय तर्फ संघीय सरकारबाट सामानिकरण अनुदान १२ करोड ५८ लाख, संघीय सरकारबाट सर्शत अनुदान २१ करोड ९० लाख, संघीय सरकारबाट राजश्व बाँडफाँड ९ करोड १५ लाख ९३ हजार १ सय, प्रदेश सरकार सामानिकरण अनुदान ७९ लाख ५२ हजार, प्रदेश सरकार राजश्व वाँडफाँड ४६ लाख ६५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै प्रदेश सरकार सशर्त अनुदान १ करोड १२ लाख २५ हजार, प्रदेश सरकार समपुरक अनुदान १ करोड , कटहरी गाउँपालिका आन्तरिक राजश्व ५ करोड ११ लाख, संघीय सरकार विषेश अनुदान १ करोड, संघीय सरकार समपुरक अनुदान २ करोड ३५ लाख, वन रोयल्टी १ लाख ४६ हजार रूपैया प्राप्त हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले पूर्वाधार क्षेत्रका ७४ वटा योजनाको लागि ८ करोड ९२ लाख ५१ हजार रकम विनियोजन गरेको छ । यो कूल बजेटको ५१।३६ प्रतिशत हो ।
आम जनतामा सर्वशुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको सरल र सहज पहुँच पुर्‍याउन समग्र स्वास्थ्य सेवाको लागि १ करोड ७४ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष राजवंशीले जानकारी गराइन् ।

यो कुल बजेटको १०।०१ प्रतिशत हो । यस्तै शिक्षा क्षेत्रको समग्र विकासका लागि १ करोड २५ लाख विनियोजन गरेको छ । यो कुल बजेटको ८।८५ प्रतिशत हो । यसैगरी कृषि क्षेत्रको विकासको लागि ४६ लाख १० हजार विनियोजन गरेको छ ।

खानेपानी तथा सरसफाईका लागि १८ लाख, साँस्कृतिक प्रवद्र्धन अन्तरगत भाषा, धर्म, संस्कृति, भेषभुषा संरक्षण र प्रवद्र्धनका लागि २२ लाख ६५ हजार विनियोजन गरेकोछ । यस्तै खेलकुद तथा मनोरञ्जन अन्तरगत गाउँपालिकाभित्र विभिन्न खेलकुद कार्यक्रम संचालन गर्नका लागि ४ लाख, खेलकुद तथा मनोरञ्जन क्षेत्रको विकासका लागि १९ लाख ८४ हजार बजेट विनियोजन गरेको छ ।

कार्यक्रममा कोशी प्रदेशका सांसद भिम पराजुलीले कटहरी गाउँपालिकाको बजेट र नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यन्वयन गरेर लैजानुपर्नेमा जोड दिए । उनले आफ्नो निर्वाचन क्षेत्र समेत रहेको र स्थानिय पालिकाले वनाएका योजनाहरुमा सहयोग गर्ने बताए । सोही अवसरमा कटहरी गाउँपालिकाका योजना शाखा प्रमुख शम्भु सापकोटालाई नगद ५१ हजार रुपैयाँ सहित प्रमुख अतिथी समेत रहेका प्रदेश सभा सदस्य पराजुलीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]