२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

यादव र बुढाथोकी जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी

Logo
संवाददाता जनचर्चा प्रकाशित सोमबार, आषाढ ११, २०८०

विराटनगर
अस्थायी प्रहरी चौकी मंगलबारे, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक हेम नारायण यादव र प्रहरी चौकी मुक्ली, सोलुखुम्बुमा कार्यरत प्रहरी जवान लक्ष्मण बुढाथोकी जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित भएका छन् ।

विभागीय मुल्य(मान्यता, आदेश (निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै मिति २०८०।०२।२५ गते जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं। ३ नयाँ मंगलबारे स्थित राजमार्गमा मे १ ख ३०७३ नम्बरको यात्रुबाहक बसले प्रदेश नं ०१-०१-०१३ प २९० नं को स्कुटरलाई ठक्कर दिदा उक्त दुर्घटनामा परी स्कुटी चालक जिल्ला झापा कमल गाउँपालिका वडा नं २ बस्ने पवन सुबेदीको मृत्यु भएको बिषयलाई लिएर तत्कालै उक्त बसलाई आगो लगाएकोमा आगो लगाउने कार्यमा संलग्न मानिसहरुको पहिचान गरी निजहरुलाई नियन्त्रणमा लिई कानूनी दायरामा ल्याएको र मिति २०८०।०२।११ गते जिल्ला सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका वडा नं ७ स्थित वर्ष ५१ की कुमारी राईलाई सामुहिक रुपमा जबरजस्ती करणी गरी फलामको कर्नी समेतले टाउको, अनुहार लगायत शरिरको बिभिन्न भागहरुमा प्रहार गरी रगताम्य पारी कर्तव्य गरी घटनास्थलमा नै हत्या गरी फरार भएका प्रतिवादीहरु मध्ये जिल्ला सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका वडा नं ७ बस्ने वर्ष २० को युवराज खत्रीलाई मिति २०८०।०२।१४ गते पक्राउ गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा अस्थायी प्रहरी चौकी मंगलबारे, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक हेम नारायण यादव र प्रहरी चौकी मुक्ली, सोलुखुम्बुमा कार्यरत प्रहरी जवान लक्ष्मण बुढाथोकीलाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०८० साल जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी”घोषणा गरिएको हाे ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा कोशी प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]