१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

यादव र बुढाथोकी जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी

Logo
संवाददाता जनचर्चा

विराटनगर
अस्थायी प्रहरी चौकी मंगलबारे, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक हेम नारायण यादव र प्रहरी चौकी मुक्ली, सोलुखुम्बुमा कार्यरत प्रहरी जवान लक्ष्मण बुढाथोकी जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित भएका छन् ।

विभागीय मुल्य(मान्यता, आदेश (निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै मिति २०८०।०२।२५ गते जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं। ३ नयाँ मंगलबारे स्थित राजमार्गमा मे १ ख ३०७३ नम्बरको यात्रुबाहक बसले प्रदेश नं ०१-०१-०१३ प २९० नं को स्कुटरलाई ठक्कर दिदा उक्त दुर्घटनामा परी स्कुटी चालक जिल्ला झापा कमल गाउँपालिका वडा नं २ बस्ने पवन सुबेदीको मृत्यु भएको बिषयलाई लिएर तत्कालै उक्त बसलाई आगो लगाएकोमा आगो लगाउने कार्यमा संलग्न मानिसहरुको पहिचान गरी निजहरुलाई नियन्त्रणमा लिई कानूनी दायरामा ल्याएको र मिति २०८०।०२।११ गते जिल्ला सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका वडा नं ७ स्थित वर्ष ५१ की कुमारी राईलाई सामुहिक रुपमा जबरजस्ती करणी गरी फलामको कर्नी समेतले टाउको, अनुहार लगायत शरिरको बिभिन्न भागहरुमा प्रहार गरी रगताम्य पारी कर्तव्य गरी घटनास्थलमा नै हत्या गरी फरार भएका प्रतिवादीहरु मध्ये जिल्ला सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका वडा नं ७ बस्ने वर्ष २० को युवराज खत्रीलाई मिति २०८०।०२।१४ गते पक्राउ गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा अस्थायी प्रहरी चौकी मंगलबारे, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक हेम नारायण यादव र प्रहरी चौकी मुक्ली, सोलुखुम्बुमा कार्यरत प्रहरी जवान लक्ष्मण बुढाथोकीलाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०८० साल जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी”घोषणा गरिएको हाे ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा कोशी प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]