०५ भाद्र २०८३, शुक्रबार
21-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समन्वय समिति महासङ्घ कोशीका पदाधिकारी र सदस्यहरूले लिए शपथ

Logo
संवाददाता जनचर्चा

विराटनगर
समन्वय समिति महासङ्घ कोशी प्रदेश समिति गठन भएसँगै पदाधिकारी र सदस्यहरूले शपथ लिएका छन् । जिल्ला समन्वय समितिको कार्यलाई सहजीकरण गरी काममा एकरूपता ल्याउनको लागि जिल्ला समन्वय समिति महासङ्घले यस अघि गर्दै आएको अभ्यासलाई निरन्तरता दिइएको हो । विराटनगरमा एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशमा रहेका समितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । म्ऋऋ

कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १४ जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख कार्यक्रममा सहभागी थिए । नव गठित समन्वय समिति महासङ्घ कोशी प्रदेशको पदाधिकारीमा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राई अध्यक्ष बन्नु भएको छ। जिसस ताप्लेजुङ प्रमुख छिरिङ लामा उपाध्यक्ष, जिसस झापा उपप्रमुख शान्ता रोक्का क्षेत्री सचिव हुँदा उपसचिवमा पाँचथरका यामकुमार आङ्बो उप सचिवमा चयन भएका छन् ।
१५ सदस्य प्रदेश समितिको सदस्यहरुमा गौरबहादुर विश्वकर्मा उदयपुर, गुमानसिंह इस्बो तेह्रथुम, चित्रकला बराइली इलाम, तेजप्रसाद गिरी उदयपुर, गोपालमान थापा ओखलढुङ्गा, ज्ञानेन्द्र राई खोटाङ, तुलसा काफ्ले बराल झापा, हरिमायाँ विक मोरङ, कुमारी वि।क। सुनसरी र सावित्रा राई धनकुटाबाट चयन भएका छन् ।मअअअ
धनकुटाको उपप्रमुख समेत रहेकी सावित्रा राईले जिल्ला समन्वय समिति महासङ्घले आफ्नो अधिकार, अनुगमन र समन्वयको बारेमा समेत छलफल भएको जानकारी दिइन् । जिल्ला समन्वय समिति मोरङका उपप्रमुख उषा झाले १४ जिल्ला समन्वय समितिले गरिरहेका कामहरूको बारेमा भइरहेको कामको अनुभव तथा मोरङ जिल्लाले पनि आफ्ना अनुभवहरू सुनाएको जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]