१९ जेठ २०८२, आइतबार
01-06-2025 , Sun
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

मनमोहन प्राविधिक विश्वविद्यालयमा मनाइयाे १०३ औ जन्मयन्ती

Logo
संवाददाता जनचर्चा प्रकाशित शनिबार, आषाढ १६, २०८०

विराटनगर
मनमोहन प्राविधिक विश्वविद्यालयकवा उपकुलपति उपकुलपति डा सुवासश्री पोखरेलले स्वार्गीय मनमोहन अधिकारी नेपालको लोकतान्त्रिक आन्दोलनका त्यागी र सादगी आर्दश नेता भएकोले उनको व्यक्त्तित्वलाई सबैले अनुशसरण गर्नुपर्ने बताएका छन् ।
१०३ औ जन्मयन्तीको अवसरमा देशकै पहिलो मनमोहन प्राविधिक विश्व विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उपकुलपति डा सुवासश्री पोखरेलले स्वर्गीय नेता मनमोहन सबैको साझा र आदर्श नेता मात्र नभएर अनुकरणिय पनि भएकोले उनको योगदानलाई सबैले अनुसरण गर्नुपर्ने बताएका हुन् ।

उपकुलपति पोखरेलले मनमोहनको त्याग र निष्ठाकै कारण देशमा प्रजातन्त्रको उदय भएको र निरंकुश पञ्चायती व्यावस्था ढलेर देशमा प्रजातान्त्र पुर्नस्थापित हुन सफल भएको हो भने । उनले स्वर्गीय नेता मनमोहनले प्रधानमन्त्रीका रुपमा नेतृत्व गरेको नौ महिने कार्यकाल हालसम्म देशकै रोलमोडल बन्न सफल भएकोमा आफुलाई गर्व लागेको बताए । भारतको स्वतन्त्रता आन्दोलनमा समेत योगदान गरेका नेता मनमोहन प्राविधिक शिक्षापेमी भएकोले उनकै परिकाल्पानालाई सार्थक बनाउन मनमोहन पोलिटेक्निकदेखी हाल प्राविधिक विश्वबिद्यालय बन्न सफल भएको स्मरण गरे ।

एमटियु ( मनमोहन टेक्निकल युनिभर्सिटी) का रजिष्टार डा दिलनाथ फुँयालले स्वर्गीय आर्दश साझा नेता मनमोहन अधिकारीले सधै त्यागलाई प्राथमिकता दिएकोले उनलाई कुनै एउटा पार्टीको चश्मा लगाएर मात्र हेर्नु गलत हुने बताए । ‘आर्दश नेता मनमोहन लोभलालच मुक्त्त नेता थिए यसैले उनको योगदानलाई अहिलेका सबै नेता र कार्यकर्ताहरुले अनुकरण गर्नुपर्दछ’ , रजिष्टार फुँयालले भने ।

मोरङ बुढीगंगा गाप ४ हात्तीमुढा स्थित प्राविधिक विश्वबिद्यालमा मनमोहन जयन्तीको अवसरमा विश्वबिद्यालयको ईन्जिनियरिङ संकायतर्फको स्नताक तह र आंगिक क्याम्पस पोलिटेक्निकतर्फका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान सहित प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा एमटियुका उपकुलपति डा सुवासश्री पोखरेल रजिष्टार दिलनाथ फुुँयाल , ईन्जिनियर संकायका डिन प्राडा प्रचण्डमान प्रधान , ईलेक्ट्रिोनिक्स विभागिय प्रमुख डा दिपरत्न डंगोल , निमित्त परिक्षा नियन्त्रक भिम काफले र मनमोहन पोलिटेक्निकका प्रिन्सिपल सुदिप अधिकारी लगायतले बिद्यार्थीहरुलाई सम्मान गर्दै प्रमाणपत्र वितरण गरेका थिए । साथै मनमोहन जयन्तीको अवसरमा उनको सम्झनामा माल्यार्पण गर्दै विश्वविद्यालयमा बृक्षारोपण पनि गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ १८ जेष्ठ / राजसंस्था र हिन्दुराष्ट्र स्थापनाका लागि राजसंस्थाहरू पक्षधरले आन्दोलन गर्न थालेको आज तीन दिन भएको छ। बिहीबार गणतन्त्र दिवसको अवसर पारेर आन्दोलन थालेका उनीहरूले तीन दिन तीन फरक ठाउँमा आन्दोलन गरे। बिहीबार रत्नपार्क (शान्तिबाटिका) क्षेत्रमा आन्दोलन गरेका थिए भने शुक्रबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म आन्दोलन गरे। आज शनिबार रन्तपार्कदेखि बालुवाटारसम्म र्‍याली गर्दै आन्दोलन गरेका […]

विराटनगर,१७ जेष्ठ । एलन मस्कको दाहिने आँखामा माथी कालो धब्बा देखेपछि गरिएका विभिन्न अड्कलबाजी फेल भएका छन् । यसको खुलासा उनी आफैले गरेका छन् । पत्रकारहरुको जिज्ञासामा उनले पाँच वर्षीय छोरा एक्स एश एट्वेल्भले मुक्का प्रहार गर्दा भएको हुनसक्ने भनेर बताएका छन्। म एक्ससँग खेल्दै थिएँ। मैले उनलाई मेरो अनुहारमा मुक्का हान भनेपछि उसले मुक्का […]

विराटनगर १७ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिनुभयो । नेपालबाट प्रति बर्ष करिब ५ लाख […]