०३ आश्विन २०८२, शुक्रबार
19-09-2025 , Fri
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

उमेर १८१ वर्ष !

मृत्युले मेरो घरको बाटो विर्सिए जस्तो छ, म कुरिरहेको छु
Logo
प्रकाशित सोमबार, भाद्र ०९, २०७६

विराटनगर, भाद्र ९
“उत्तरप्रदेश, भारतको वराणसीमा एक बृद्धले आफ्नो उमेर १८१ वर्ष पुगेको दावी गरेका छन् । महाष्टा मुरासी नाम गरेका ति बद्धले पुष्टीका लागी आफ्नो जन्मदर्ता र परिचय पत्रहरु हेर्न आग्रह गरेका छन् । उनको यो कुरा पृष्टी भएमा उनी संसारकै सबैभन्दा जिउदो बुढो मान्छे हुनेछन् । र मृत्यु पश्च्यात पनि सबैभन्दा बढी बाच्न सकेको मान्छेको लिष्टमा उनको नाम लेखिनेछ ।

मुरासीका अनुसार उनको जन्म सन १८३५मा बेंगलुरुमा भएको थियो । १९०३ मा वराणसी आएका उनी त्यसपश्च्यात कतै नगएको उनेको जिकिर छ । उनले १ सय २२ वर्ष मोचीको काम गरी १९५७ मा त्यो काम छोडेको बताए ।
उनी भन्छन् ‘मृत्युले मेरो घरको बाटो नै बिर्सियो जस्तो छ, म मृत्युलाई कुरिरहेको छु तर उ आउने नाम लिईरहेको छैन्’ । मुरासीको उमेर पत्ता लगाउन धेरैपटक टेष्टहरु गरिएपनि हालसम्म यकिन पत्ता लाग्न सकेको छैन्”

उक्त समाचार स्वतन्त्र वार्ता नामक भारतिय पत्रिकाबाट निकालिएको हो । समाचारमा दिईएको तथ्याङलाई हेर्ने हो भने यो समाचार किरब ३ वर्ष पुरानो जस्तो देखिन्छ । समाजिक संजालमा समाचारको फोटो सट गरी पोस्ट गरिएको भेटिएको छ तर फोटोमा पत्रिका कहिले प्रकाशन भएको उल्लेख गरिएको छैन् । सोही कारण समाचार पुरानो हो वा व्यक्तिको जन्म मिति गलत हो ठोस् कुरा खुल्न सकेको छैन् ।
हाल ति बृद्ध जिन्दा छन् वा छैनन् कुनै खबर छैन् । सबैभन्दा बुढो मान्छे (जिन्दा वा मुर्दा) कुनै पनि शिर्षक विश्व किर्तिमान्मा उनको नाम हालसम्म दर्ज भएको भेटिदैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]