२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

घरमै पुगेर पीडितकाे गुनासाे सुन्दै प्रहरी

पाईलट प्रोजेक्ट : मोरङ र खोटाङबाट शुरु
Logo
संवाददाता जनचर्चा प्रकाशित बिहिबार, आषाढ २१, २०८०

विराटनगर, असार २१
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको पीडित पुन: भेटघाट कार्यक्रम -२०८० कार्य योजना अनुसार पीडितहरुको घरदैलोमा पुगी भेटघाट गरी सुचना आदन प्रदान गर्ने कार्य शुभारम्भ भएको छ । पाईलट प्रोजेक्टको रुपमा पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय मोरङ र खोटाङबाट शुरु गरिएको कार्यक्रमलाई प्रदेशका सबै प्रहरी कार्यालयहरुबाट संचालन गर्ने कार्यबिधी अनुसार साेमबार कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको उपस्थितिमा सुनसरीको दुहवी नगरपालिका-२ स्थित पिडितको घरमा गई पिडितसंग छलफल तथा अन्तक्रिया गरी कार्यक्रमको शुभारम्भ गरिएको थियाे भने साेही दिनबाट प्रदेश भरी अभियानको रुपमा उक्त कार्यक्रम संचालन गरिएकाे छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पीडितहरुलाई न्यायको अनुभुति दिलाउने उदेश्यले उक्त भेटघाट कार्यक्रम संचालन गरिएको हो । पीडित पुन भेटघाट कार्यक्रममा बिभिन्न अपराधिक ब्यक्तिहरुबाट पीडित हुन पुगेका उनिहरुलाई कार्यक्रम मार्फत भेटघाट गरी व्यक्तिगत सुरक्षा, पिडक पक्षबाट हुने संभावित दवाव, न्यायिक प्रगति विवरण तथा अपराध पीडित संरक्षण ऐन बमोजिम पीडितले प्राप्त गर्ने विभिन्न अधिकारको जानकारी दिइएको तथा यस किसिमका कार्यक्रमहरु निरन्तर संचालन गरिने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले बताउनु भयो ।

अपराधबाट सृजित असहजतामा पीडितले भोग्नु परेको पीडा र ब्यहोर्नु परेको क्षतिलाई राहतमा परिणत गर्नु, पीडालाई न्यून गर्नु, पीडितलाई ज्यकतष्भि हुनबाट रोक्नु र अपराधको पुनः सम्भावनालाई निरुत्साहित गर्नुका साथै पुर्णरूपले फैसला कार्यान्वयन नहुन्जेल तथा कार्यान्वयन पश्चात पनि पीडित र प्रहरी बीच निरन्तर सम्पर्क, समन्वय र सहयोग गर्ने उदेश्यका साथ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले “पीडित पुनस् भेटघाट कार्यक्रम संचालन गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]