१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विद्युत आपूर्तिको समस्या समाधानका सम्वन्धमा छलफल

Logo
निरज बस्नेत

विराटनगर,२१ असार
विद्युत आपूर्तिको दीर्घकालिन समाधानका लागि आज उद्योग संगठन मोरङमा छलफल भएको छ । प्राधिकरणका डेपुटी प्रवन्ध निर्देशक मनोज सिलवाल र भार सम्प्रेशण केन्द्रका निर्देशक सुरेश भट्टराईको उपस्थितीमा भएको छलफलमा अगामी वर्ष सुख्खायाममा औद्योगिक क्ष्ँेत्रमा विद्युत आपूर्ति सहज वनाउने प्राधिकरणको योजना र भोल्टेज फल्क्च्यूएशन तथा ट्रिपिङको समस्या कसरी सम्वोधन गर्ने भन्ने विषयमा छलफल केन्द्रित थियो ।

गएको हिउँदमा औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिको जटिल समस्या भएकोले आगामी दिनमा विद्युत आपूर्तिको सुनिश्चितता खोज्न गत हप्ता काठमाण्डौ गएको उद्योग संगठन मोरङको प्रतिनिधि मण्डलले प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई भेटी तत्कालको समस्या समाधानका लागि गरेको आग्रह अनुरुप प्राधिकरणको डेपुटी प्रवन्ध निर्देशक लगायतको टोलीले उद्योग व्यवसायीका साथ छलफल गरेको हो ।

उत्त कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले यस वर्ष जस्तो सुख्खायाममा विद्युत आपूर्तिमा समस्या नहुने सुनिश्चितताका लागि प्राधिकरणको योजना र यथार्थ जानकारी उपलब्ध गराउन माग गरेका थिए । त्यसैगरी गरी अध्यक्ष सुरानाले यस क्षेत्रका उद्योगहरुको विद्यूत आपूर्तिको गत पन्द्र दिनको तथ्यांक प्रस्तुत गर्दै ट्रिपिङ तथा लो भोल्टेज, फ्लक्चुएशनको समस्या समाधान कहिलेसम्म हुने भनि डेपुटी प्रवन्ध निर्देशक समक्ष जिज्ञासा राखेका थिए ।

प्राधिकरणका डेपुटी प्रवन्ध निर्देशक मनोज सिलवालले सुख्खायाममा हुने विद्युत अभावको समस्याको समाधानका लागि ढल्केवर–ईनरुवा चार सय केभिए प्रशारण लाईन तथा र वर्जुको सबस्टेशन निर्माण कार्य छिट्टै सम्पन्न गर्ने वताए । व्यवस्थापकीय पक्षका कारण हुने गरेको ट्रिपिङ, लो भोल्टेज, फल्क्च्युएशनको जस्ता समस्या न्यूनिकरणका लागि उद्योगहरुमा स्विचिङको व्यवस्था, कटहरी करोडोरमा कपर वायरको व्यवस्थाका साथै उद्योगी व्यवसायी गुनासो सुनुवाईका लागि प्राधिकरणले कल सेन्टरलाई पूर्णरुपमा संचालनमा ल्याई प्रभावकारी सेवा प्रवाह गर्ने जानकारी दिए ।

कार्यक्रममा उपस्थित अधिकांश उद्योगी व्यवसायीले ट्रान्सफरमर परिक्षणका लागि हेटौडा पु¥याउनु पर्ने वाध्यता अन्त्यका लागि प्रदेश स्तरीय ट्रान्सफरमर परिक्षण केन्द्र स्थापना गर्नुपर्ने, सडक पूर्वाधार निर्माण गर्दा प्राधिकरण र सम्वन्धित पक्षसंग समन्वय हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष विपिन कावरा, कोषाध्यक्ष सुवोध कोइराला, कार्यसमिति सदस्य प्रतिभा रिजाल ओली, सन्तोष भगत, दिपक अग्रवाल, सिद्धार्थ कावरा, विद्युत प्राधिकरणका कोशी प्रदेश प्रमुख, ग्रिड तथा शाखा प्रमुखहरुका साथै उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]