१९ जेठ २०८२, आइतबार
01-06-2025 , Sun
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

सुन तस्करीका मुख्य नायिके सार्वजनिक गरियोस्ः सांसद शर्मा

"गृह र अर्थ मन्त्रालयको मिलेमतो देखिन्छ"
Logo
निरज बस्नेत प्रकाशित शुक्रबार, साउन ०५, २०८०

काठमाडौं,साउन ५
प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले १५५ किलो सुन तस्करी घटनामा गृह र अर्थ मन्त्रालयको संलग्नता देखिएको आरोप लगाएका छन् । प्रहरीको उच्च सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्टबाट ठूलो परिमाणमा सुन भित्रिनुले घटनामा गृह मन्त्रालयको संलग्नता देखिएको उनको ठम्याई छ ।

गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूबीच भागबन्डामा कुरा नमिल्दा सुन समातिएको हुनसक्ने उनको बुझाई छ । डीआइजीको नेतृत्वमा विशेष सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्ट कटेर सुन भित्रिनु र एयरपोर्टको गेट कटेर गइसकेपछि अर्थ मन्त्रालय मातहतको राजश्व विभागले पक्राउ गर्नुले घटनामा गृहको संलग्नता पुष्टि गर्ने सांसद शर्मा बताउँछन् ।

‘विदेशमा भएको छोरालाई गाउँबाट आमाले एक बट्टा धुले अचार पठाउँदा पुलिसले थाहा पाउँछ, विदेशबाट आउँदा ल्याएको एउटा मोबाइल समातेर हल्ला पिटिन्छ, सिक्री थुतिन्छ, त्यस्तो कडा चेकजाँच हुने एयरपोर्टमा क्विन्टलका क्विन्टल सुन कसरी पस्छ र कसरी यहाँ एयरपोर्टको गेटबाट बाहिरि जान सक्छ?,’ काठमाडौंमा बिहीबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै सांसद शर्माले भने, ‘गृह मन्त्रालय मातहतको प्रहरीले नसमातेर एयरपोर्टबाट सुन बाहिरिनुले यसमा गृह सामेल थियो भन्ने प्रमाणित भयो, गृह र अर्थबीचको भागबन्डामा कुरा नमिल्दा पक्राउ परेको जस्तो देखिन्छ । यसमा संलग्न मुख्य नायिके सार्वजनिक गरिनुपर्छ, अब हामी त्यसै छोड्नेवाला छैनौ ।’

ठूलो पदमा भएका व्यक्ति वा ठूला राजनीतिकर्मीकै संलग्नतामा सुन तस्करी भएको सांसद शर्माको आशंका छ । मोरङको क्षेत्र नं.३ मा नेपाली कांग्रेसबाट निर्वाचित भएका सांसद शर्माले हाम्रो गठबन्धनको गृहमन्त्री, मेरो पार्टीको अर्थमन्त्री भनेर अब नछोडिने प्रष्ट पारे । अब बस्ने संसद् बैठकमा यसलाई जोडदार रुपमा प्रस्तुत गर्ने उनले जानकारी पनि दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ १८ जेष्ठ / राजसंस्था र हिन्दुराष्ट्र स्थापनाका लागि राजसंस्थाहरू पक्षधरले आन्दोलन गर्न थालेको आज तीन दिन भएको छ। बिहीबार गणतन्त्र दिवसको अवसर पारेर आन्दोलन थालेका उनीहरूले तीन दिन तीन फरक ठाउँमा आन्दोलन गरे। बिहीबार रत्नपार्क (शान्तिबाटिका) क्षेत्रमा आन्दोलन गरेका थिए भने शुक्रबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म आन्दोलन गरे। आज शनिबार रन्तपार्कदेखि बालुवाटारसम्म र्‍याली गर्दै आन्दोलन गरेका […]

विराटनगर,१७ जेष्ठ । एलन मस्कको दाहिने आँखामा माथी कालो धब्बा देखेपछि गरिएका विभिन्न अड्कलबाजी फेल भएका छन् । यसको खुलासा उनी आफैले गरेका छन् । पत्रकारहरुको जिज्ञासामा उनले पाँच वर्षीय छोरा एक्स एश एट्वेल्भले मुक्का प्रहार गर्दा भएको हुनसक्ने भनेर बताएका छन्। म एक्ससँग खेल्दै थिएँ। मैले उनलाई मेरो अनुहारमा मुक्का हान भनेपछि उसले मुक्का […]

विराटनगर १७ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिनुभयो । नेपालबाट प्रति बर्ष करिब ५ लाख […]