१८ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

गैरभन्सार एजेन्टलाई काम नदिन भन्दै एजेन्ट संघले बुझायाे ज्ञापन पत्र

Logo
निरज बस्नेत प्रकाशित मंगलबार, साउन ०९, २०८०

विराटनगर, साउन ९
भन्सार एजेन्ट संघ, विराटनगरले गैर-एजेन्टलाई काम नदिन भन्दै उद्योगाैक तथा व्यापारीक संघसंस्थाहरु ज्ञापन पत्र बुझाएकाे छ । भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय सदस्य प्रविण जोशी र विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्मा नेतृत्वको टोलीले सोमबार विभन्न उद्योगी तथा व्यापारीक संघसंस्थालाई ज्ञापन पत्र बुझाएका छन् ।

उक्त टाेलीले नेपाल उद्याेग परिसंघ केन्द्रिय उपाध्यक्ष तथा काेशीका अध्यक्ष भिम घिमिरे, एफएनसीसीआइका सदस्य एवं व्यापार संघ माेरङका अध्यक्ष नविन रिजाल र उद्याेग संगठन माेरङका अध्यक्ष राकेश सुरानासँग प्रत्यक्ष भेटघाट गरी ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझाउदै भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय सदस्य प्रविण जोशीले अनाधिकृत रुपमा काेशी प्रदेशका विभन्न भन्सार कार्यालयमा गैरभन्सार एजेन्टको रुपमा आयात निर्यात सम्बन्धी काम गरिरहेकालाई प्रतिबन्ध लगाउन आग्रह गरे ।

विराटनगर भन्सार एजेन्ट संघका अनुसार विराटनगर भन्सार कार्यालयमा १३३ जना मात्र भन्सार एजेन्ट रहेका छन् । त्यस बाहेक १०० भन्दा बढि गैरभन्सार एजेन्टले भन्सार कार्यालय विराटनगरबाट अनाधिकृत रुपमा आयात निर्यातको काम गरिरहेको संघले जानकारी दिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]