०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

ब्राउन सुगरसहित २ जना पक्राउ

Logo
जनचर्चा संवाददाता

बिराटनगर, साउन २१ गते ।

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ साढे ७ बजे झापाको झापा गाउँपालिका(४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका साईकलयात्री इलाम मङसेबुङ गाउँपालिका( ९ का ३० बर्षीय युवराज लिम्बुलाई संका लागि चेकजाँच गर्दा साईकलको ह्यान्डल भित्र लुकाई राखेको अवस्थामा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

त्यस्तै गरी बिराटनगर महानरपालिका(१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश १(०२(०५२प ७५९६ नम्बरको मोटरसाईकल चालक बेलबारी( ४ का ३३ बर्षीय सनम गुरुङको साथबाट ९ सय १० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]