०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

माल्भिका धुरु धुरु रुदै भन्छिन् ः मेरो घरवार विग्रियो…

पूर्व मिस नेपाल माल्भिकाको घरवार विग्रियो
Logo
निरज बस्नेत

रियाज तथा माल्भिका

विराटनगर, साउन २१
पूर्वमिस नेपाल मध्येकी सवैभन्दा राम्री माल्भिका सुब्बाको घरवार विग्रियो भन्दा धेरैलाई पत्यार नलाग्ला, तर यो वास्तविकता हो । मनोरन्जन क्षेत्र मध्येको सफल जोडी रियाज श्रेष्ठ तथा माल्भिका सुब्बाको मानिन्थ्यो । लभ म्यारिज गरेका यिनीहरुको घरवार आज तासको घरझै भत्कियो ।
नायिका प्रियंका कार्कीको युट्युव कार्यक्रमका क्रममा माल्भिकाले आँशुको धारासरी यो वियोगान्त कथा बेलिविस्तार लाएर सुनाएकी थिइन् । हुन त रियाज अनि माल्भिकाको सम्वन्ध नराम्रो भएको ४ बर्षभन्दा बढी समय भइसकेको थियो । तरपनि आफ्नो घरवार विग्रियोको कुरा आजसम्म माल्भिकाले लुकाएरनै राखेकी थिइन् । माल्भिका रियाजसँग अलग भएको पनि ४ बर्षनै वितिसकेको छ ।
त्यो कठिन समयमा आत्महत्याको बाटो रोजेको पनि माल्भिका स्मरण गर्छिन् । तर छोराको मायााकै कारण आज आफु जिवित भएको उनी रुदै भन्छिन् । यता एउटै छोराको लालनपालन चाहीँ दुवै मिली गरिरहेका छन् ।
आफू सेलिव्रटी भएको कारण पनि आफूभित्रको पीडा लुकाएर राखेको माल्भिका बताउँछिन् । प्रियंकासँग मनको कुरा खोल्न सजिलो भएको कारण पनि हुनसक्छ, यस समयमा माल्भिका निर्धक्क भएर खुलेकी छिन् । फेरी अर्कोतर्फ सेलिब्रेटीको हाईफाई लाइफ हेर्दा देखिने हुँदा समेत आफू दर्शकमाझ खुल्न डराएको समेत उनी बताउँछिन् । मनभित्र रहेको दुःख, पीडा आखिर कतिसमयसम्म दवाएर राख्न सकिन्छ र भन्दै यसपाली माल्भिकाले सवै कुरा खुलस्त पारिदिइन् ।
रियाज अनि माल्भिकाको इन्टरकास्ट म्यारिज भएको कारणनै घरवार टुटेका बताइन्छ । यो कुरा उनी स्वंयम् पनि स्विकारछिन् । विहे गरेको शुरु शुरुमा पति रियाज अनि उनको परिवार सवैले राम्रो गरेको र पछि विस्तारै सम्वन्धमा खटपट शरु भएको माल्भिका जोडले भक्कानिदै बताउँछिन् ।
अन्ततः जे नहुनु थियो, त्यो भएर छाड्यो । रियाज तथा माल्भिकाको घरवार टुट्यो । यसक्रमा माल्भिकालाई सम्पतिको लोभ लालच अलिकता पनि रहेन । श्रीमानको एक पैसा पनि उनले नलिइ अलग भएकी हुन् । एक छोरा अहिले माल्भिाकै साथमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]