०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

बखेडा झिकेर सुनिल शर्मालाई पक्राउ गरिएकाे भन्दै एमाले सांसदले समेत जनाए आपत्ति

Logo
निरज बस्नेत

काठमाडौं, साउन २६
प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले बखेडा झिकेर सांसद सुनिल शर्मालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी छन् ।

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै आएका सांसद शर्मालाई अहिले कुन हिसाबले पक्राउ गरिएको भन्दै उनले प्रश्न गरिन् । गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकाले प्रतिशोधका कारण सांसद शर्मालाई पक्राउ गरिएको आशंका गर्दै उनले सांसद शर्माको पक्राउ कानून विपरित भएको टिप्पणी गरिन् । ‘उच्च स्तरीय छानविन समिति गठन गरेर सुन काण्डका भ्रष्टाचारीमाथि छानविन गर्नुपर्ने आवाज पटक–पटक उठाउँदै आएका सुनिल शर्मा जी लाई आज कुन हिसाबबाट समातिएको छ ?,’ प्रश्न गर्दै उनले भनिन्, ‘यो कानूनले पनि मिल्दैन, उहिलेनै म्याद सकिसकेको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर समातिएको छ, यसमा घोर आपत्ति गर्न चाहन्छु ।’

सत्ताधारी दलका उच्चस्तरीय व्यक्तिलाई जोगाउँन सुन काण्डको छानविन सिआइवीलाई जिम्मा लगाइएको उनले आरोप लगाइन् । उनले उच्च स्तरीय छानविन समिति गठन गरेर अर्थमन्त्री डा.प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई छानविनको दायरामा ल्याउनुपर्ने माग पनि गरिन् । सरकारले सुशासन र दिगो शान्ति स्थापना गर्न नसकेको भन्दै उनले अझ देशलाई ठूलो दुर्घटनामा लैजाने काम गरेको टिप्पणी पनि गरिन् ।

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित कांग्रेस सांसद शर्माले गत साउन १० गते संसद बैठकमा सुन तस्करीको विषयलाई लिएर आफ्नै पार्टीका अर्थमन्त्री डा.प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए । सुन तस्करीमा जो सुकै संलग्न भएपनि कारबाही गर्नुपर्ने धारणा राख्दै आएका सांसद शर्माले तस्करीको मुख्य नाइके पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने घोषणा समेत गरेका थिए । सांसद शर्माले सदनमा यस्तो अभिव्यक्ति दिएको १५ दिनपछि बिहीबार अपरान्ह करिब ३ बजे नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीको टोलीले काठमाडौंको गोल्फुटारस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।

यसैबीच, सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै कारण त्यसको प्रतिशोधमा सांसद शर्मालाई पक्राउ गरिएको भन्दै उनको सचिवालयले पनि हिजै प्रेस विज्ञप्ति जारी गरेर आपत्ति जनाइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]