०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

मातृभुमि फाउण्डेशनको आयोजनामा विराटनगरमा युवा सम्मेलनको आयोजना

नेपाल तथा भारतको राष्ट्रिय गाना बजाउँदा कार्यक्रमको शोभा बढाएको थियो ।
Logo
निरज बस्नेत

विराटनगर, श्रावण २७
मातृभुमि फाउण्डेशनको आयोजनामा विराटनगरमा युवा सम्मेलनको आयोजना गरिएको छ । अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा १२ अगष्टको दिनमा सो कार्यक्रम आयोजना गरिएको कुरा फाउण्डेशनका अध्यक्ष चाँद वावु इराकीले जानकारी गराए ।

विराटनगरको नमस्कार रिजेन्सीमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी रहेका थिएँ ।

मन्त्री मोदीले आफ्नो मन्तव्य राख्दै भने, युवाको हात हातमा अहिले चुरोट छ । रेष्टुरेण्टका विल छन् । अहिलेको युवापुस्ता यस्तो कुलतमा लागेको देख्दा आफुलाई दुःख लागेको बताएँ ।

आफु पनि कुनै समयमा युवा नै हुदा र अहिले पनि युवानै रहेको भन्दै, यही नमस्कार होटलमानै कुनै समयमा आफुले वेटरको काम गरेको कुरा स्मरण समेत गरे । र, जुनबेला आफु भुमिगत राजनीति गर्दाताका बखतमा विराटनगरका विभिन्न होटलमा आफ्नो अमूल्य युवा उमेर विताएको कुरा बताउँदै, जीवनमा आफुले धेरै नै संघर्ष गरेको बताउँदै सोही क्रममा अढाई बर्ष जेल जीवन विताएको बताएँ ।

आफु अहिले यो स्थानसम्म यसरीनै संघर्षको मैदानबाट नै आएको भन्दै अहिलेका युवाले मिहिनेत गरेको खण्डमा भोलीको दिनमा अवश्यनै नेपालको राष्ट्रपति, प्रधानमन्त्री हुने बताउँदै कार्यक्रममा उपस्थित युवाहरुलाई मार्ग दर्शन गरे ।

कार्यक्रमको सभापतित्व फाउण्डेशनका अध्यक्ष चाँद वावु इराकीले गरेका थिएँ । कार्यक्रममा नेपाल, भारत बाट विभिन्न सफल व्यक्तित्व लगायतको राम्रो उपस्थिती रहेको थियो । समाजमा रहेर आफ्नो आफ्नो क्षेत्रबाट योगदान दिनेहरु केहीलाई पुरस्कृत पनि गरिएको थियो । नेपाल तथा भारतको राष्ट्रिय गाना बजाउँदा कार्यक्रमको शोभा बढाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]