१२ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

एफपानको प्रादेशिक कार्यशाला गोष्ठी सम्पन्न

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, साउन ३२, २०८०

विराटनगर, श्रावण ३२
विराटनगरमा नेपाल परिवार नियोजन संघ नेपाल(एफपान) को, प्रादेशिक कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । यहाँस्थित इस्टर्न स्टार होटलमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्वू रहेकी थिइन् । यसक्रममा आफ्नो मन्तव्य राख्दै, मन्त्री लिम्वूले, आफुले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेको केही दिन मात्र भएको बताउँदै, सिमीत बजेटका वावजूद धेरै अपेक्षा भएका कारण कतिपय कुरा पूरा हुन नपाएको जानकारी गराइन् ।

कार्यक्रमका क्रममा सहभागीले उठाएको विविध प्रश्न, जिज्ञासा, कौतुहलताको जवाफ मन्त्री लिम्वूले बडो सटिक र संक्षेपमा दिइन् ।

कार्यशालाको सभापतित्व नेपनि संघ मोरङका सभापतिले गरेका थिँए । कार्यक्रममा कोशी प्रदेशका केही सदस्यहरु, मोरङ जिल्ला भित्रका पालिका प्रमुखहरु, उपप्रमुख लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तैगरी सरकारी गैरसरकारी निकायका प्रतिनिधिहरुको पनि राम्रै उपस्थिती देखियो । कार्यक्रमको अन्त अन्तमा एफपानको पूर्व केन्द्रिय सदस्य सुवोध निरौलाले संघको तर्फवाट प्रतिवद्धतापत्र पेश गरे । सो प्रतिवद्धतापत्रमा कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुको हस्ताक्षर समेत गराइयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]