२७ माघ २०८२, सोमबार
09-02-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

एफपानको प्रादेशिक कार्यशाला गोष्ठी सम्पन्न

Logo
जनचर्चा संवाददाता

विराटनगर, श्रावण ३२
विराटनगरमा नेपाल परिवार नियोजन संघ नेपाल(एफपान) को, प्रादेशिक कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । यहाँस्थित इस्टर्न स्टार होटलमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्वू रहेकी थिइन् । यसक्रममा आफ्नो मन्तव्य राख्दै, मन्त्री लिम्वूले, आफुले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेको केही दिन मात्र भएको बताउँदै, सिमीत बजेटका वावजूद धेरै अपेक्षा भएका कारण कतिपय कुरा पूरा हुन नपाएको जानकारी गराइन् ।

कार्यक्रमका क्रममा सहभागीले उठाएको विविध प्रश्न, जिज्ञासा, कौतुहलताको जवाफ मन्त्री लिम्वूले बडो सटिक र संक्षेपमा दिइन् ।

कार्यशालाको सभापतित्व नेपनि संघ मोरङका सभापतिले गरेका थिँए । कार्यक्रममा कोशी प्रदेशका केही सदस्यहरु, मोरङ जिल्ला भित्रका पालिका प्रमुखहरु, उपप्रमुख लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तैगरी सरकारी गैरसरकारी निकायका प्रतिनिधिहरुको पनि राम्रै उपस्थिती देखियो । कार्यक्रमको अन्त अन्तमा एफपानको पूर्व केन्द्रिय सदस्य सुवोध निरौलाले संघको तर्फवाट प्रतिवद्धतापत्र पेश गरे । सो प्रतिवद्धतापत्रमा कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुको हस्ताक्षर समेत गराइयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]

काठमाडौं ,२२ माघ। नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ । पार्टी सभापति गगनकुमार थापाले आज उनलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोकेका हुन् ।साथै सभापति थापाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही माघ ८ गते दिएको राजीनामा स्वीकृत गरेको अर्का सचिव प्रकाश शर्माले […]

माघ २0, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ” भनेको दाबीसहित कई भिडियो र फेसबुक पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। पत्रिका नेपाल, यात्रा, टाइम्स अफ नेपाल, टीखबर लगायत फेसबुक पेजहरुबाट यी पोस्टहरु लाखौँ मानिसले हेरेका छन्। तर नेपाल फ्याक्ट चेक र अनलाइनखबरको सहकार्यमा गरिएको […]