१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

हर्क साम्पाङ, किन यति धेरै घमण्ड ?

हर्क चर्चाको उच्च विन्दूवाट ओरालो गतितर्फ झरेका छन् ।
Logo
निरज बस्नेत

हर्कराज साम्पाङ राई

विराटनगर, भाद्र १०
धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज साम्पाङ राई, यतिवेला चर्चामा छन् । यो चर्चा राम्रो नभएर, नराम्रो चर्चा हो । स्थानीय चुनावताका जति चर्चा हर्कको थियो । चुनाव जितेपछी समेत उनको सत्कर्मले उनलाई चर्चाको केन्द्रमा पुर्याएको जगजाहेर छदैछ । तर, आज यिनै हर्क चर्चाको उच्च विन्दूवाट ओरालो गतितर्फ झरेका छन् । धरान बगरकोटका सुमन राई, मेयर हर्क राईलाई कुनै समयमा देउताझै पुज्थे । यिनै सुमन आज हर्कको कुकर्मकै कारण पटक्कै मनपराउदिनन् भन्छन् । आखिर किन हर्कको आज यो दुर्दशा भयो त ?
धेरैको भनाइलाई आधार मान्ने हो भने हर्क राइले आफुलाई आफ्नै घमण्डले सिध्याए । उनीभित्र यति घमण्ड छ की अरुलाई मान्छे गन्दैनन् । आइज एक्लै–एक्लै सिंगल भिड्ने हो, आइज, यस्तै यस्तै उत्ताउँलो पाराको अभिव्यक्ति दिदै हिड्छन् । हर्कलाई आफ्नै कारणले आज धराने जनताकै नजरमा गिराउने काम सिवाय अरु केहीपनि गरेको छैन ।

फेरी कहिले धर्मको नाममा छेडखानी गर्ने, कहिले अर्काको नम्वरी जग्गामा गएर दुःख दिने, कहिले अदालतको आदेशलाई कुल्चिने, लगायत अन्य थुप्रै आपत्तिजनक गतिविधिका कारण उनीसँग धेरै जनता नराम्ररी चिँढिएका छन् । यहीमध्ये, विराटनगरका उमेश लिम्वू पनि पर्छन् । स्थानीय चुनावताका उमेश, हर्क राईका खातिर चुनावमा सहयोग गर्न धराननै गएको कुरा स्मरण गर्छन् । राईलाई आफ्नो आदर्श मान्थे, तर आज सवै बेकार भयो भनी दुःखेसो पोख्छन् । राई यति धेरै अहंकारी रहेछन् भन्ने पहिला आफूलाई पत्तो नै भएन भन्दै आफैप्रति लिम्वू ग्लानीवोध गर्छन् ।

वास्तवमा धरानको मेयर भएर हर्क राई निर्वाचित हुदै गर्दा होस् चाहे मेयरले गर्ने कामले गर्दा धरानमा एक प्रकारको बेग्लै राम्रो माहौल सृजित भएकै थियो । अव चाहीँ धरान बन्छ बन्छ, यस्तो गाइगुई सर्वत्र थियो । मेयर राइको साथमा सारा धराने जनता मर्नसमेत तयार भएर उनले गर्ने हरेक काममा अघि सरेकै हुन् । तर, एउटा क्रोधित, अहंकारी अनि घमण्डी मान्छेलाई एक न एक दिन त जनताले पक्कै पनि चिनिहाल्छन् । यस्तै मुकुण्डो आज आएर मेयर राइको उत्रेको छ ।

सवैकुरा मान्छेले सहनसक्ने क्षमता हरेक कुरामा राख्ला ? तर, जव धर्मकै कुरा अघि सर्छ । अह मान्छेको सहनशीलता त्यहीँ गएर टुट्छ । हो यही धर्मको राजनीति आज धरानका मेयरले गरेकै कारण धेरैलाई रिस उठाएका छन् । मन्दिर अगाडी चर्च बनाएको कुराले धरानभित्रका जनता मात्र नभएर देशनै भरिका हिन्दू धर्मावलम्वीहरु आक्रोशित भएका छन् । खासमा मन्दिर अगाडी बनाइएको भनिएको चर्च शुरुमा कन्फरेसन हलको लागि निर्माण गरिएको थियो । एक्कासी त्यसलाई चर्चमा परिणत गरेपछि त माहौल विग्रिनेनै भयो । यस कामको योजनाका नाइके मेयर राइनै भएको धरान विजयपुरका जनता बताउँछन् । काम यस्तो पनि नगर्नु जसका कारण कालान्तरमा पछुताउँने समय पनि नरहोस् ।
मेयर राईको गलत कदम विरुद्द तथा धरानमै गोरु काटी खाएर सामाजिक सन्जालमा, आहा कति मिठो मासु गोरुको आहा, भन्दै पोष्ट गरेको विरुद्द शनिवार हिजो देशका विभिन्न ठाउँमा व्यापक जनसहभागितामा विरोधका आवाजहरु चर्को स्वरमा भएको थियो । उक्त आपत्तिजनक भिडीयोमा गोरुको मासु अव हामी ७७ जिल्लामै मज्जाले पकाएर खान्छौ पनि भनिएको थियो ।

नेपालको संविधानले गाई गोरु काट्न वर्जित गरेको छ । जवकी गाई त राष्ट्रिय जनावर समेत हो भनी संविधानमै स्पष्टै लेखिएको पनि छ । फेरी हिन्दू समुदाय गाइलाई आमा समान पुज्छन् । धार्मिक आस्थामाथिको कुठाराघात सहन्न भन्दै आज पनि झापाको सुरुङामा सद्भाव र्याली छ । स्वतः स्फूर्त जनताले यस र्यालीलाई सडकमै गएर समर्थन जनाइरहेका छन् । आगोको झिल्को हो । आगोको झिल्कोलाई कम आँकियो भने यसले डढेलो निम्त्याउँने खत्तरा हुन्छ, जुन कसैको हितमा हुन्न । सद्भाव र्यालीमा चर्को स्वरमा विरोध भने धरानका मेयर हर्क राइकै भइरहेको छ । यस्तो जटिल परिस्थिती कारण आखिर मेयर राई नै हुन् त ? या, यसमा अन्य कुनै तत्वको हात छ त ? यतातर्फ नेपाल सरकार, नेपालका राष्ट्रिय पार्टीहरु भने चाहीँ विज्ञप्तीकै भरमा झारा टार्ने कामै व्यस्त छन् । यो चाहीँ नेपाली जनताकै अपमान हो । जवकी सद्भाव र्याली रोक्नका लागि केन्द्रकै निर्देशनमा निषेधाज्ञा समेत लगाइएको थियो । के गणतन्त्रमा शान्तिपूर्वक सद्भाव र्याली निकाल्न पाइदैन ?
यो सवैको जड धरानकै मेयर हर्क राई नै हुन् त ? की हर्कभित्रको उग्र घमण्डले यो अवस्थामा ल्याइपुर्यायो त ?
प्रश्न टड्कारो रुपमा आज जन जनको छ ? अतः समाधानतिरनै लाग्नुनै बुद्दिमता हुन्छ । बाँकी जनता जनार्दन, सवैको जय होस् । संविधानले वर्जित गरेको कुरामा कोही कसैले बल नगरौ तोड्नलाई, नियम कानूनको पालना हामी सवैले गरौ । आपसी भाइचारा कायम गरौं ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]