१८ मंसिर २०८२, बुधबार
03-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

हर्क साम्पाङ, किन यति धेरै घमण्ड ?

हर्क चर्चाको उच्च विन्दूवाट ओरालो गतितर्फ झरेका छन् ।
Logo
निरज बस्नेत प्रकाशित आइतबार, भाद्र १०, २०८०

हर्कराज साम्पाङ राई

विराटनगर, भाद्र १०
धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज साम्पाङ राई, यतिवेला चर्चामा छन् । यो चर्चा राम्रो नभएर, नराम्रो चर्चा हो । स्थानीय चुनावताका जति चर्चा हर्कको थियो । चुनाव जितेपछी समेत उनको सत्कर्मले उनलाई चर्चाको केन्द्रमा पुर्याएको जगजाहेर छदैछ । तर, आज यिनै हर्क चर्चाको उच्च विन्दूवाट ओरालो गतितर्फ झरेका छन् । धरान बगरकोटका सुमन राई, मेयर हर्क राईलाई कुनै समयमा देउताझै पुज्थे । यिनै सुमन आज हर्कको कुकर्मकै कारण पटक्कै मनपराउदिनन् भन्छन् । आखिर किन हर्कको आज यो दुर्दशा भयो त ?
धेरैको भनाइलाई आधार मान्ने हो भने हर्क राइले आफुलाई आफ्नै घमण्डले सिध्याए । उनीभित्र यति घमण्ड छ की अरुलाई मान्छे गन्दैनन् । आइज एक्लै–एक्लै सिंगल भिड्ने हो, आइज, यस्तै यस्तै उत्ताउँलो पाराको अभिव्यक्ति दिदै हिड्छन् । हर्कलाई आफ्नै कारणले आज धराने जनताकै नजरमा गिराउने काम सिवाय अरु केहीपनि गरेको छैन ।

फेरी कहिले धर्मको नाममा छेडखानी गर्ने, कहिले अर्काको नम्वरी जग्गामा गएर दुःख दिने, कहिले अदालतको आदेशलाई कुल्चिने, लगायत अन्य थुप्रै आपत्तिजनक गतिविधिका कारण उनीसँग धेरै जनता नराम्ररी चिँढिएका छन् । यहीमध्ये, विराटनगरका उमेश लिम्वू पनि पर्छन् । स्थानीय चुनावताका उमेश, हर्क राईका खातिर चुनावमा सहयोग गर्न धराननै गएको कुरा स्मरण गर्छन् । राईलाई आफ्नो आदर्श मान्थे, तर आज सवै बेकार भयो भनी दुःखेसो पोख्छन् । राई यति धेरै अहंकारी रहेछन् भन्ने पहिला आफूलाई पत्तो नै भएन भन्दै आफैप्रति लिम्वू ग्लानीवोध गर्छन् ।

वास्तवमा धरानको मेयर भएर हर्क राई निर्वाचित हुदै गर्दा होस् चाहे मेयरले गर्ने कामले गर्दा धरानमा एक प्रकारको बेग्लै राम्रो माहौल सृजित भएकै थियो । अव चाहीँ धरान बन्छ बन्छ, यस्तो गाइगुई सर्वत्र थियो । मेयर राइको साथमा सारा धराने जनता मर्नसमेत तयार भएर उनले गर्ने हरेक काममा अघि सरेकै हुन् । तर, एउटा क्रोधित, अहंकारी अनि घमण्डी मान्छेलाई एक न एक दिन त जनताले पक्कै पनि चिनिहाल्छन् । यस्तै मुकुण्डो आज आएर मेयर राइको उत्रेको छ ।

सवैकुरा मान्छेले सहनसक्ने क्षमता हरेक कुरामा राख्ला ? तर, जव धर्मकै कुरा अघि सर्छ । अह मान्छेको सहनशीलता त्यहीँ गएर टुट्छ । हो यही धर्मको राजनीति आज धरानका मेयरले गरेकै कारण धेरैलाई रिस उठाएका छन् । मन्दिर अगाडी चर्च बनाएको कुराले धरानभित्रका जनता मात्र नभएर देशनै भरिका हिन्दू धर्मावलम्वीहरु आक्रोशित भएका छन् । खासमा मन्दिर अगाडी बनाइएको भनिएको चर्च शुरुमा कन्फरेसन हलको लागि निर्माण गरिएको थियो । एक्कासी त्यसलाई चर्चमा परिणत गरेपछि त माहौल विग्रिनेनै भयो । यस कामको योजनाका नाइके मेयर राइनै भएको धरान विजयपुरका जनता बताउँछन् । काम यस्तो पनि नगर्नु जसका कारण कालान्तरमा पछुताउँने समय पनि नरहोस् ।
मेयर राईको गलत कदम विरुद्द तथा धरानमै गोरु काटी खाएर सामाजिक सन्जालमा, आहा कति मिठो मासु गोरुको आहा, भन्दै पोष्ट गरेको विरुद्द शनिवार हिजो देशका विभिन्न ठाउँमा व्यापक जनसहभागितामा विरोधका आवाजहरु चर्को स्वरमा भएको थियो । उक्त आपत्तिजनक भिडीयोमा गोरुको मासु अव हामी ७७ जिल्लामै मज्जाले पकाएर खान्छौ पनि भनिएको थियो ।

नेपालको संविधानले गाई गोरु काट्न वर्जित गरेको छ । जवकी गाई त राष्ट्रिय जनावर समेत हो भनी संविधानमै स्पष्टै लेखिएको पनि छ । फेरी हिन्दू समुदाय गाइलाई आमा समान पुज्छन् । धार्मिक आस्थामाथिको कुठाराघात सहन्न भन्दै आज पनि झापाको सुरुङामा सद्भाव र्याली छ । स्वतः स्फूर्त जनताले यस र्यालीलाई सडकमै गएर समर्थन जनाइरहेका छन् । आगोको झिल्को हो । आगोको झिल्कोलाई कम आँकियो भने यसले डढेलो निम्त्याउँने खत्तरा हुन्छ, जुन कसैको हितमा हुन्न । सद्भाव र्यालीमा चर्को स्वरमा विरोध भने धरानका मेयर हर्क राइकै भइरहेको छ । यस्तो जटिल परिस्थिती कारण आखिर मेयर राई नै हुन् त ? या, यसमा अन्य कुनै तत्वको हात छ त ? यतातर्फ नेपाल सरकार, नेपालका राष्ट्रिय पार्टीहरु भने चाहीँ विज्ञप्तीकै भरमा झारा टार्ने कामै व्यस्त छन् । यो चाहीँ नेपाली जनताकै अपमान हो । जवकी सद्भाव र्याली रोक्नका लागि केन्द्रकै निर्देशनमा निषेधाज्ञा समेत लगाइएको थियो । के गणतन्त्रमा शान्तिपूर्वक सद्भाव र्याली निकाल्न पाइदैन ?
यो सवैको जड धरानकै मेयर हर्क राई नै हुन् त ? की हर्कभित्रको उग्र घमण्डले यो अवस्थामा ल्याइपुर्यायो त ?
प्रश्न टड्कारो रुपमा आज जन जनको छ ? अतः समाधानतिरनै लाग्नुनै बुद्दिमता हुन्छ । बाँकी जनता जनार्दन, सवैको जय होस् । संविधानले वर्जित गरेको कुरामा कोही कसैले बल नगरौ तोड्नलाई, नियम कानूनको पालना हामी सवैले गरौ । आपसी भाइचारा कायम गरौं ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]