२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
Gold Silver Price (25 falgun 2082, Monday)
Fine Gold 1 Tola NRs. 313700
Silver 1 Tola Nrs. 5425

१५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तराष्ट्रिय प्रदर्शनी हुने

होम अपलायनसेस तथा ईभी पनि राखिने
Logo
दिनेश खड्का

काठमाडाैं, भदाै १३
मीडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा लि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एस्सोसिएसन अफ नेपाल को सयुक्त आयोजनामा भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस तथा नेपाल ईभी अन्तराष्ट्रिय प्रदर्शनी आयोजना हुन गइरहेको छ ।

आयोजकका अनुसार आफनै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलिकरण गर्दै लान एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्‍याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना हुन लागेकाे हाे ।
उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहने छन् । विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएकाे छ ।

यस प्रदर्शनीमा बिधुतिय कार, बिधुतिय स्कुटर, मोटरसाइकल, बिधुतिय साइकल तथा रिक्सा, चारजिङ्ग स्टेशन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहनेछ ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रबर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुयाउने लक्ष्य यस संस्करणको रहेको आयोजकले जनाएका छन् ।

यस प्रर्दशनीमा सहयोगी संस्थाको भूमिकामा बैकल्पिक उर्जा प्रवर्दन केन्द्र, नेपाल विद्युत प्राधिकरण तथा USAID Clean Air/ FHI 360 रहेका छन । साथै ल्यान्यार्ड पार्टनरमा यासुडा तथा ई कमर्स पार्टनरमा दराज रहेको छ ।
तीन दिने यस प्रर्दशनीको २०८० भाद्र १५ गते बिहान ११स०० बजे माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री श्री शक्ति बहादुर बस्नेतज्यू बाट उद्घाटन हुने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ२५ फागुन , प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ। निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ […]

विराटनगर, २५ फागुन । प्रतिनिधी सभाको निर्वाचनमा नेकपा एमाले र नेपाली कम्प्युनिष्ट पार्टी ३– ३ प्रदेशमा नील भएको छ । नेकपा एमाले, मधेस, बागमती र लुम्बिनी प्रदेशमा निल भएको छ भने नेकपा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा नील भएको छ। सात प्रदेशमा रास्वपा ६ प्रदेशमा भारी सिटका सात पहिलो भएको छ। कोशी प्रदेशको २८ सिट […]

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]