१८ मंसिर २०८२, बुधबार
03-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

जमरकट्टेल प्रतिष्ठानको साधारण सभा सम्पन्न

Logo
संवाददाता जनचर्चा प्रकाशित आइतबार, भाद्र २४, २०८०

विराटनगर, भदौं २३
जमरकट्टेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्यसमिति विराटनगरको १० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । विराटनगर–१९ बैजनाथपुरस्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा साधारण सभा गरिएको हो ।

प्रतिष्ठानका सल्लाहकार समिति संयोजक राजु जमरकट्टेलले ब्यानर उघारेर साधारण सभा उद्घाटन गरेका थिए । साधारण सभामा सचिव डिल्लीराम जमरकट्टेलले प्रतिष्ठानको चालु आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । त्यस्तै, कोषाध्यक्ष टिकाराम जमरकट्टेलले गत आर्थिक बर्ष २०७९÷०८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन साधारण सभाले सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार समिति संयोजक राजु जमरकट्टेल, सल्लाहकार चन्द्रप्रसाद जमरकट्टेल, अध्यक्ष कुमारमणी जमरकट्टेल, उपाध्यक्षद्वय कृष्णप्रसाद जमरकट्टेल र थीरप्रसाद जमरकट्टेलले वंशको हितका लागि बन्धुहरुबीचको एकतालाई मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका सचिव रविन जमरकट्टेलले सञ्चालन गरेको कार्यक्रममा सदस्य एकराज जमरकट्टेलले मन्तव्यमार्फत सहभागीहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा भारद्वाज ऋषिको सालिकमा माल्यार्पण पनि गरियो । साधारण सभामा मोरङ, सुनसरी, झापा, धनकुटा, उदयपुर लगायत जिल्लाका जमरकट्टेल बन्धुहरू सहभागि थिए ।

कोशी प्रदेशमा मात्र करिब २० हजारको सङ्ख्यामा जमरकट्टेलहरु छन् । बन्धुहरुबीचको एकताका लागि प्रतिष्ठान निर्माण गरेर अघि बढेका जमरकट्टेलहरुले विराटनगर–१९ स्थित बैजनाथपुरमा करिब दुई करोडको लागतमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]