१८ मंसिर २०८२, बुधबार
03-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

इजराइलमा ज्यान गुमाएका नेपालीको संझनामा नेविसंघले गर्‍यो विराटनगरमा श्रद्धान्जलीसभा

Logo
संवाददाता जनचर्चा प्रकाशित शुक्रबार, आश्विन २६, २०८०

विराटगर,असाेज २६

हमासले शनिबार इजराइल माथि गरेको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा नेपाल विद्यार्थी संघले विराटनगरमा श्रद्धान्जलीसभा कार्यक्रम गरेको छ ।

केन्द्रीय सदस्य द्वय दिपेन रौनियार र अंकित भट्टराइको संयोजकत्वमा मंगलबार साझ अयोजीत कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेताहरुको सहभागिता रहेको थियो । तिनपैनिचोकमा गरिएको श्रद्धाञ्जलीसभामा दिबंगत आत्माहरुको चीर शान्ति तथा बैकुण्ठबास को कामना गर्दै दीप प्रज्वलन गरिएको थियो ।

 

 

 

 

 

 

 

कार्यक्रममा वि पी बिचार समाज कोशी प्रदेश अध्यक्ष दीपक लोहनी , नेपाली काग्रेस मोरङ्गका युवा नेताहरु अरुण न्यौपाने , प्रविण जोशी , संजय भट्टराइ ,विराटनगर ३ का बुथ सभापति , सचिब धर्म बानियाँ र आशिस ओझा लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]