१८ मंसिर २०८२, बुधबार
03-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

जैन धर्मका साधु-सन्तले मोबाइल साथमा राख्न पाउछन् त ?

Logo
संवाददाता जनचर्चा प्रकाशित सोमबार, कार्तिक ०६, २०८०

विराटनगर, कार्तिक ६
सामान्यतया जैन धर्मका साधु-सन्तहरुले मोबाइल साथमा बिल्कुलै राख्न नपाइने प्रावधान छ । तर, केही यस्ता तस्वीर बाहिरियो, जुन तस्वीरमा जैन धर्मनै मानेका जस्तो लाग्ने साधु-सन्तले मोबाइल मज्जाले चलाएको देख्न सकिन्छ ।

यस बिषयमा तेरापन्थ समाजका अध्यक्ष सतिस दुगडले भन्छन् “सुचना प्रवाहका लागि तोकिएको सिमित समयका लागि चाहिँ साधु- सन्तले मोबाइलको प्रयोग गर्न पाउछन् । तर, साथमा नै चाहिँ राख्न पाउदैनन् ।” तर हामीलाई प्राप्त तस्वीरमा भने साधुसन्तले सुचना प्रवाहकाे लागी मात्र नभएर सुख सहलकाे लागी खुलेआम रुपमा माेबाईल प्रयाेग गरिरहेकाे प्रष्ट देख्न सकिन्छ ।

समाचारमा समावेश भएका तस्विर सहितकाे समपुर्ण सुचना केही जैनी अनुयायीहरुले नै धर्ममा बढ्दै गएकाे विकृतिलाई उजार गर्न भन्दै जनचर्चालाई उपलब्ध गराएका हाे । तर उता अध्यक्ष दुगडले तस्बिरमा देखिएको साधु-सन्त जैन धर्मसंग संबंधित नरहेको बताएका छन् । यसले खास सत्य के भन्ने जिज्ञासा अझै बढाएकाे छ ।

हामीले यस सम्बन्धमा समितिका सचिव विजय पारखलाइ पनि सम्पर्क गरेका थियौ , उनले यस सम्बन्धमा अध्यक्ष दुगड संगै बुझ्न् आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]