१८ मंसिर २०८२, बुधबार
03-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

जाजरकोट भूकम्पका घाइतेलाई सांसद शर्माले केएमसीमा मिलाइदिए निःशुल्क उपचारको व्यवस्था

Logo
संवाददाता जनचर्चा प्रकाशित आइतबार, कार्तिक १९, २०८०

काठमाडौं,कात्तिक १९
जाजरकोट भूकम्पका घाइतेहरुलाई सांसद डा.सुनिल शर्माले काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । सांसद शर्मा सल्लाहकार रहेको सो मेडिकल कलेजले आज प्रेस विज्ञप्ति जारी गरेर भूकम्पका घाइतेहरुलाई निःशुल्क उपचार गरिने जनाएको छ ।

सांसद शर्माकी छोरीसमेत रहेकी केएमसीकी कार्यकारी अध्यक्ष सोईना शर्माद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य उपचार सामग्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउँन पनि तयार रहेको उल्लेख गरिएको छ । ‘काठमाडौं मेडिकल कलेजका सल्लाहकार तथा मोरङ क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य माननीय डा.सुनिल कुमार शर्माज्यूको सक्रियतामा केएमसीले भूकम्पबाट घाइते भएका विरामीहरुलाई अस्पतालमा निःशुल्क उपचार गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयसँगको समन्वमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सामग्रीसहित स्वास्थ्य टोली पठाउँनसमेत तयार रहेको जानकारी गराउँछौं ।’

घाइतेहरुको उपचारमा सहयोग गर्ने उद्धेश्यले केएमसीमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको सांसद शर्माले जानकारी दिए । ‘आपतविपतका बेला सबैले सकेको सहयोग गर्नुपर्छ,’ केएमसीका सल्लाहकार समेत रहेका सांसद शर्माले भने, ‘हाम्रो तर्फबाट पनि सकेको सहयोग गरौं भनेर घाइतेहरुलाई निःशुल्क उपचारका लागि व्यवस्था मिलाइदिएका छौं ।’

जाजरकोटको रामेडाँडा केन्द्रविन्दू बनाएर गएराती ११ः४७ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भुकमक्पमा परी जाजरकोट र रुकुम पश्चिममा कम्तिमा १२८ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]