०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

साहयता माग्दै दुवै मृगौला फेल भएका पत्रकार दियाली

Logo
आषिका लम्साल

विराटनगर, कार्तिक २१
सुनसरी ईटहरीका पत्रकार पिबी दियालीले उपचारमा सहयोग गरि दिन याचना गरेका छन् ।
दुवै मृगौला फेल भएकोले पत्रकार पिबी दियालीले उपचारका लागि सरकार, समाजिक संघसँस्था र दयालु दाताहरुसँग सहयोगका लागि याचना गरेका हुन् ।
सुनसरीको ईटहरीमा बसेर २९ बर्षदेखी सक्रृय व्यावसायिक पत्रकारिता गर्दै आएका पत्रकार दियाली विश्वकर्माले आफनो दुबै मृगौला खराब भएको र उपचारका लागि आफुसँग आर्थिक हैसियत नभएकोले सहयोगका लागि अनुरोध गर्न बाध्य भएको बताए ।
आफु मृगौला रोगी भएकोले उपचारका लागि सहयोग गर्न पत्रकार महासंघ केन्द्रिय र प्रदेश समितिलाई अनुरोध गरिसकेको पत्रकार दियालीले बताए ।
पत्रकार दियाली उच्च रक्त्तचाप र मधुमेहका विरामी पनि हुन । लामो समय प्रेसर र डाइबेटिजको कडा औषधी सेवन गरेकै कारण आफनो मृगौला खराब भएको हुनसक्ने उनको भनाई छ ।
४८ बर्षिय पत्रकार दियाली ईटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधानसम्पादक हुन् । उनले लामो समय धरानबाट प्रकाशित ब्लााष्ट दैनिकमा पत्रकारिता गरेका थिए । उनले ईटहरीमा गणराज्य दैनिकपनि प्रकाशन गरेका थिए ।
पत्रकार दियालीकाअनुसार उनी संकटकालको समयमा तीन महिना हिरासतमा परेका थिए । उनलाई ३ सय ३५ दिन नजरबन्दमा पनि राखिएको थियो ।
पत्रकार दियालीहाल नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य तथा दलित विभाग संयोजक छन् । पत्रकार दियाली दलित हकहितका लागि सक्रृय रुपले लागिपर्दै आएका छन् । उनले सम्पत्तीका नाममा आफुसँग ईटहरीमा एउटा सानो घर मात्र भएको बताए । उनका श्रीमती र एक छोरा छन् । श्रीमती चिया नास्ता पसल सञ्चालन गर्दछिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]