२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

रोकिएन विराटनगरको क्यासिनोमा स्थानीयलाई जुवा खेलाउने कार्य

Logo
संवाददाता जनचर्चा प्रकाशित सोमबार, मंसिर ०४, २०८०

विराटनगर, मंसिर ४
नागरिक समाजबाट बारम्बार आवाज उठि रहँदापनि विराटनगरको क्यासिनोमा स्थानीय नेपालीहरुलाई जुवा खेलाउने कार्य रोकिएको छैन । यो संचारमाध्यमले बारम्बार उठान गरिरहेको विषय समेत हो । निरन्तर समाजबाट जुवा रोक्न ताकेता आईरहँदा पनि यस गैरकानूनी कामलाई प्रहरी संयन्त्रले रोक्न सकेको छैन ।

विषेशगरी विराटनगरको होटल विगमा संचालनमा रहेको च्याम्पेन जोन क्यासीनोमा अझैपनि ठुलो शंख्यामा नेपालीहरुलाई निर्वाध रुपमा जुवा खेलाउने काम भईरहेको पाईएकाे छ । यस क्यासिनोमा स्थानीय नेपालीहरुलाई प्रवेश गर्न र जुवा खेल्न रोकटोक छैन् । कानुनतः नेपालको क्यासिनोमा स्वदेशीहरुलाई जुवा खेलाउन पाईदैन । तर यस क्यासिनाको मुख्य ग्राहक विराटनगरकै स्थानीय व्यावसायी तथा सर्वसाधरण रहेका छन् ।

यस विषयमा प्रहरीलाई पटक पटक गुनासो गएतापनि आजसम्म कोही पनि रंगेहात पक्राउ परेका छैनन् । नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख नायब महानिरिक्षक राजेशनाथ बास्तोला र मोरङका प्रमुख उपरिक्षक दिपक पोखरेललाई समेत यस विषयमा नागरिक समाजले पटक पटक गुनासो पोखिसकेका छन् । बझ्नमा आएको छ, च्याम्पेन जोन क्यासिनोका संचालक राम कृष्ण गौतमले केही प्रहरी अधिकारीहरुसँग मिलेमत्तो गरी स्थानीय नेपालीहरुलाई जुवा खेलाईरहेका छन् । मिलेका प्रहरीहरुले सुचना चुवाउने हुँदा हालसम्म कोही पनि रंगेहात प्रहरी पर्न नसकेको स्रोतको बुझाई छ ।

तर जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख उपरिक्षक दिपक पोखरेलले विराटनगरको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने काम भईरहेको मान्न तयार छैनन् । पोखरेलले फोन सम्पर्कमा भने “हामीले बारम्बार क्यासिनोमा छड्के चेकजाँच गरिरहेका छौं तर कहिले पनि नेपालीले जुवा खेलेको भेटेएका छैनौं । त्यहीँ भएर यो कुरा हावा मात्र हो भनेर बुझ्नुपर्दछ।” उनेले प्रहरीसँगको मिलेमत्तोमा जुवा खेलाउने काम भईरहेको आरोपलाई ठाडैँ अस्वीकार समेत गरे ।

उता, क्यासिनोको ग्राहक समेत रहेका स्थानीय केही व्यापारीहरुले विराटनगरको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने कार्य अझैपनि चलिरहेको स–प्रमाण सुचना जनचर्चा डटकमलाई दिएका छन् । स्वयम् जुवा खेल्ने व्यक्तिले नै विभिन्न प्रमाण जुटाएर जुवा चलिरहेको गावही दिईरहँदा क्यासिनो नियमनको सवालमा प्रहरी कामकारवाही चित्त बुझ्दा नरहेको सोझो आकंलन गर्न सकिन्छ ।

याे पनि पढाैं : कानुन विपरीत विराटनगरको क्यासिनोमा स्वदेशीलाई जुवा खेलाईदै

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]