१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रोकिएन विराटनगरको क्यासिनोमा स्थानीयलाई जुवा खेलाउने कार्य

Logo
संवाददाता जनचर्चा

विराटनगर, मंसिर ४
नागरिक समाजबाट बारम्बार आवाज उठि रहँदापनि विराटनगरको क्यासिनोमा स्थानीय नेपालीहरुलाई जुवा खेलाउने कार्य रोकिएको छैन । यो संचारमाध्यमले बारम्बार उठान गरिरहेको विषय समेत हो । निरन्तर समाजबाट जुवा रोक्न ताकेता आईरहँदा पनि यस गैरकानूनी कामलाई प्रहरी संयन्त्रले रोक्न सकेको छैन ।

विषेशगरी विराटनगरको होटल विगमा संचालनमा रहेको च्याम्पेन जोन क्यासीनोमा अझैपनि ठुलो शंख्यामा नेपालीहरुलाई निर्वाध रुपमा जुवा खेलाउने काम भईरहेको पाईएकाे छ । यस क्यासिनोमा स्थानीय नेपालीहरुलाई प्रवेश गर्न र जुवा खेल्न रोकटोक छैन् । कानुनतः नेपालको क्यासिनोमा स्वदेशीहरुलाई जुवा खेलाउन पाईदैन । तर यस क्यासिनाको मुख्य ग्राहक विराटनगरकै स्थानीय व्यावसायी तथा सर्वसाधरण रहेका छन् ।

यस विषयमा प्रहरीलाई पटक पटक गुनासो गएतापनि आजसम्म कोही पनि रंगेहात पक्राउ परेका छैनन् । नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख नायब महानिरिक्षक राजेशनाथ बास्तोला र मोरङका प्रमुख उपरिक्षक दिपक पोखरेललाई समेत यस विषयमा नागरिक समाजले पटक पटक गुनासो पोखिसकेका छन् । बझ्नमा आएको छ, च्याम्पेन जोन क्यासिनोका संचालक राम कृष्ण गौतमले केही प्रहरी अधिकारीहरुसँग मिलेमत्तो गरी स्थानीय नेपालीहरुलाई जुवा खेलाईरहेका छन् । मिलेका प्रहरीहरुले सुचना चुवाउने हुँदा हालसम्म कोही पनि रंगेहात प्रहरी पर्न नसकेको स्रोतको बुझाई छ ।

तर जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख उपरिक्षक दिपक पोखरेलले विराटनगरको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने काम भईरहेको मान्न तयार छैनन् । पोखरेलले फोन सम्पर्कमा भने “हामीले बारम्बार क्यासिनोमा छड्के चेकजाँच गरिरहेका छौं तर कहिले पनि नेपालीले जुवा खेलेको भेटेएका छैनौं । त्यहीँ भएर यो कुरा हावा मात्र हो भनेर बुझ्नुपर्दछ।” उनेले प्रहरीसँगको मिलेमत्तोमा जुवा खेलाउने काम भईरहेको आरोपलाई ठाडैँ अस्वीकार समेत गरे ।

उता, क्यासिनोको ग्राहक समेत रहेका स्थानीय केही व्यापारीहरुले विराटनगरको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने कार्य अझैपनि चलिरहेको स–प्रमाण सुचना जनचर्चा डटकमलाई दिएका छन् । स्वयम् जुवा खेल्ने व्यक्तिले नै विभिन्न प्रमाण जुटाएर जुवा चलिरहेको गावही दिईरहँदा क्यासिनो नियमनको सवालमा प्रहरी कामकारवाही चित्त बुझ्दा नरहेको सोझो आकंलन गर्न सकिन्छ ।

याे पनि पढाैं : कानुन विपरीत विराटनगरको क्यासिनोमा स्वदेशीलाई जुवा खेलाईदै

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]