१३ मंसिर २०८३, शनिबार
28-11-2026 , Sat
Gold Silver Price (Mangsir 1, 2083, TUE)
Fine Gold 1 Tola NRs. 267500
Silver 1 Tola Nrs. 3505

प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

Logo
जनचर्चा संवाददाता

काठमाडाैं, मंसिर १०
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी हुन आइतबार बिहान अष्ट्रियातर्फ प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन् ।

National Central Bureau (NCB) नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत त्यसतर्फ प्रस्थान गरेका छन् । इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी हुन लागेका हुन् ।

इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरुका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिनेछ । साथै, प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा इन्टरपोलका President र General Secretary बिच शिष्टाचार भेटघाट तथा छलफल हुने कार्यक्रम समेत रहेको छ । यसैगरी इन्टरपोलको Global Outreach and Regional Support (GORS) का प्रतिनिधिहरू तथा मित्रराष्ट्रहरू भारत, चीन र यूएईका प्रतिनिधिहरूसँग समेत विविध विषयहरूमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने जिम्मेवारी दिईएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ८ मंसिर। राष्ट्रपति कार्यालयमा अध्यादेशको चाप बढेको छ। जेनजी आन्दोलनका घटनाको छानबिन र क्षतिपूर्तिका लागि आयोग बनाउने अध्यादेश गत आइतबार पुगेपछि कार्यालयमा विचाराधीन अध्यादेश तीनवटा भएका छन्। यसअघि सरकारले कात्तिक १७ मा प्रेस काउन्सिल ऐन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी ऐन संशोधनका लागि दुईवटा अध्यादेश सिफारिस गरेको थियो। ती पनि कार्यालयमै छन्, जसको […]

काठमाडौं, ८ मंसिर। प्रतिनिधिसभाअन्तर्गतका चारवटा संसदीय समितिले आज बैठक बसेर विभिन्न विषयमा छलफल गर्दैछन्। सार्वजनिक लेखा समितिको बैठक बिहान साढे ९ बजे बस्दै छ। बैठकमा मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनासम्बन्धी विषय छलफलको कार्यसूचीमा राखिएको छ। आयोजनाअन्तर्गत सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्काको सबै प्रक्रिया पूरा भइसकेपछि अन्तिम समयमा रद्द गरिएको भन्दै उजुरी […]

१ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाइएका दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । कार्कीले २० कात्तिकमा निवेदन दर्ता गरेका थिए । अदालतले तिहार बिदापछि ३० कात्तिकका लागि सुनुवाइको मिति तोकेको भए पनि सरकारले सोही दिन छठको सार्वजनिक बिदा दिएकाले मुद्दा स्वतः सरेको थियो । तिहार […]