१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बालबालिका प्रयोग गरी सर्कस देखाउने विराटनगरबाट पक्राउ

Logo
निरज बस्नेत

काठमाडाैं, मंसिर १५
बिहिबार विराटनगरको बरगाछी पुर्व पत्रकार चौकमा कर्तब देखाउदै गरेको अवस्थामा एक सर्कस टोलीलाई प्रहरीले पक्राउ गरेको छ । सो सर्कस टोलीमा अन्दाजी ४५ वर्षीय एक महिला र ३ बालबालिका थिए ।

सर्कस देखाउने क्रममा महिलाले ३ बालबालिकालाई जोखिमपुर्ण कार्यमा लगाएको देखेपछि स्थानीयहरुले तत्काल प्रहरीलाई खबर गरेको थिए । प्रत्यक्षदर्शीका अनुसार सर्कस देखाउने महिलाले अन्दाजी २० फिट अग्लो बासको खम्बामा डोरीको पुल बनाई त्यसमा एक बालिकालाई हिड्न लगाएकी थिईन् । त्यसबाहक पनि अनेकौं कर्तब देखाउने तयारी गरिरहेको अवस्थामा प्रहरीले उनीलाई पक्राउ गरेको हो ।

उक्त कर्तब देखाउने टोली भारतको छत्तिसगढबाट आएको जानकारी प्राप्त भएको छ । उनीहरुले यसै गरी सडकमा कर्तब देखाएर आफ्नो राजीरोजी चालाईरहेको प्रहरीलाई बयान दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]