०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

पितृको सद्गतिको कामना गर्दै छरियाे शतबीज

Logo
दिनेश खड्का

विराटनगर,२५ मंसिर
प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने पराम्परा अनुसार आज देशभरका शिवालयहरु तथा विभन्न धार्मिक स्थलमा शतबीज छरिएकाे छ ।
आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व समेत मनाउने गरिएको छ । साेही अवसरमा  आज देशका मुख्यपिठहरु पशुपतिनाथ, डोलेश्वर,हलेसी महादेव ,अर्जुनधारा,चतराधाम, लगायतका विभिन्न शिवालयहरुमा शतबीज छरिएकाे हाे ।

कतिपय भक्तजनले भने आ आफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरेका छन् ।

यसमा जोडिएको कथा
हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार शतबीज भन्नाले धानका सय गेडा छर्नुपर्ने हुन्छ ।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिवले मृगरूप धारण गरेर विहार गरेको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको धार्मिक किम्वदन्ती छ।
अकोतर्फ

यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।

माता पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नुनहुने धर्मशास्त्रविद् गौतमले सुनाए । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पनि पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]