२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

मोरङ व्यपार संघ एक्स्पाको सबै स्टल‍ बुक

स्टल थप्ने विषयमा छलफल जारी
Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, पुष ०२, २०८०

पुष २, विराटनगर
मोरङ व्यपार संघ एक्स्पो २०८० को २५० वटै स्टलहरु  बुकिङ्ग भएको छ ।

मोरङ व्यपार संघले यही पुष ६ गते देखि १६ गतेसम्म बिराटनगर २ स्थित शंखरापुरमा आयोजना गर्न लागेको सो एक्स्पोको सतप्रतिशत स्टलहरु बुकिङ्ग भईसकेको आयोजकले जानकारी दिएको छ । एक्स्पोमा स्टल खरीद गर्नेहरुमा नेपाल भारत बंगलादेश र पाकिस्तानका व्यवसायीहरु रहेका छन् । एक्स्पो सुरु हुन धरै दिन बाँकी रहदा स्टलहरु पुर्णरुपमा बिक्रि भएपछि थप स्टलहरु निर्माणको लागि आयोजकबिच छलफल समेत चलीरहेकाे छ ।

यसपटकको एक्स्पोमा आइफिल टावर, किडस जोन, सास्कृतिक तथा स्थानीय जनजातिका खाना पहाडी क्षेत्रमा उत्पादन हुने सबैखालका सामान, औद्योगिक र कृषि उत्पादनको आर्कषण रहनेछ । एक्स्पोमा ५ लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । सुस्ताएको व्यपारलाई उकास्न यस एक्स्पोले केही हदसम्म राहत पुग्ने संचालकहरुको अनुमान छ ।
यस पटकको एक्स्पो व्यापार संघका उपाध्यक्ष अनिल शाहको संयोजकत्वमा संचालन हुन गईरहेको छ । साथै सहसंयोजकमा अमित सारडा र सञ्जय श्रेष्ठ रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]