१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मोरङ व्यपार संघ एक्स्पाको सबै स्टल‍ बुक

स्टल थप्ने विषयमा छलफल जारी
Logo
जनचर्चा संवाददाता

पुष २, विराटनगर
मोरङ व्यपार संघ एक्स्पो २०८० को २५० वटै स्टलहरु  बुकिङ्ग भएको छ ।

मोरङ व्यपार संघले यही पुष ६ गते देखि १६ गतेसम्म बिराटनगर २ स्थित शंखरापुरमा आयोजना गर्न लागेको सो एक्स्पोको सतप्रतिशत स्टलहरु बुकिङ्ग भईसकेको आयोजकले जानकारी दिएको छ । एक्स्पोमा स्टल खरीद गर्नेहरुमा नेपाल भारत बंगलादेश र पाकिस्तानका व्यवसायीहरु रहेका छन् । एक्स्पो सुरु हुन धरै दिन बाँकी रहदा स्टलहरु पुर्णरुपमा बिक्रि भएपछि थप स्टलहरु निर्माणको लागि आयोजकबिच छलफल समेत चलीरहेकाे छ ।

यसपटकको एक्स्पोमा आइफिल टावर, किडस जोन, सास्कृतिक तथा स्थानीय जनजातिका खाना पहाडी क्षेत्रमा उत्पादन हुने सबैखालका सामान, औद्योगिक र कृषि उत्पादनको आर्कषण रहनेछ । एक्स्पोमा ५ लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । सुस्ताएको व्यपारलाई उकास्न यस एक्स्पोले केही हदसम्म राहत पुग्ने संचालकहरुको अनुमान छ ।
यस पटकको एक्स्पो व्यापार संघका उपाध्यक्ष अनिल शाहको संयोजकत्वमा संचालन हुन गईरहेको छ । साथै सहसंयोजकमा अमित सारडा र सञ्जय श्रेष्ठ रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]