२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

इडेनकाे वार्षिक उत्सव तस्वीरमा

विराटनगरकाे इडेन नेशनल बोर्डिङ स्कुलले सोमबार आफ्नाे ३२ औँ स्थापना दिवस मनाएकाे छ
Logo
संवाददाता जनचर्चा प्रकाशित बिहिबार, पुष ०५, २०८०

विराटनगर, पुष ६
विराटनगर -३ मा रहेको इडेन नेशनल बोर्डिङ स्कुलले आफ्नो ३२ औँ स्थापना दिवस मनाएको छ । सोमबार बोर्डिङले विभिन्न सास्कृतिक तथा आन्तरिक व्यवस्थापन कार्यक्रम गर्दै ३२ औं स्थापना दिवस मनाएको हो । कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा नर्सरि देखी कक्षा १० सम्मका विद्यार्थीहरुले नृत्य ,गायन तथा अभिप्रेरितमुलक कार्यक्रमको प्रस्तुती गरेका छन् ।

कार्यक्रममा वोल्दै विद्यालयका संस्थापक अध्यक्ष तुलसी पोखरेलले इडेन नेशनल स्कुलले दक्ष र योग्य जनशक्ति उत्पादनमा जोड दिइरहेको वताए । उनले स्कुल स्थापनाको यो अवस्था सम्म आइपुग्नुको देन अभिभावक, कर्मचारी र शिक्षकहरुको रहेको भन्दै खुसी व्यक्त गरे । भावी समयमा पनि स्कुललाई उत्कृष्ठ वाटोमा हिडाउने भन्दै सवैको साथ सहयोगको आवश्यकता रहेको बताए । स्कुलमा झण्डै ७ सय विद्यार्थी अध्ययनरत छन् । विराटनगरको उत्तरी क्षेत्रमा रहेर उत्कृष्ट शिक्षा प्रदान गरिरहेको यो विद्यालयमा विद्यार्थी तथा अभिभावकहरुको आकर्षण वढेको देखिन्छ ।

यस्तै स्कुलका प्रिन्सिपल तारा श्रेष्ठले शेक्षिक गुणस्तरमा कुनै कन्जुस्याई नगरिएको वताए । अतिरिक्त क्रियाकलाप संगै शैक्षिक सिकाइमा विद्यार्थिहरु अब्बल रहुन भनेर काम गरिरहेको बताए । कार्यक्रममा स्कुलका संस्थापक सदस्य घनश्याम पोखरेल, भाइस प्रिन्सिपल विद्याकान्त दाहाल लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]