०३ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

राजसंस्था ब्युताउन संघर्ष समिति गठन

Logo
निरज बस्नेत

विराटनगर, पुष ५ । एकीकृत राष्ट्रिय संघर्ष समितिले अभिभावकीयरुपमा राजसंस्था स्थापित गर्नुपर्ने माग राख्दै आन्दोलन गर्ने भएको छ ।
नेपाल विद्वत परिषद ,नेपाल सद्भावना मंच र विभिन्न राजावादी शक्तिवीच एकिकरण भइ बनेको एकीकृत राष्ट्रिय संघर्ष समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आगामी पुष २७ गतेबाट आन्दोलनका कार्यक्रम तय गरिने जानकारी दिएको हो ।

संघर्ष समितिका अध्यक्ष बल्लभप्रसाद दाहालले पत्रकार सम्मेलनमा बोल्दै भने, “हामी नेपालमा अभिभावकीयरुपमा राजा र राजसंस्था हुनुपर्नेमा माग उठाई रहेका छौं ।, भइरहेका दलहरु संगै राजा पनि अटाउने वातावरण सवै नेपाली जनताको माग भएको र यसलाई संवोधन गर्नुपर्छ ।” उनले देशभरका राजावादी,राष्ट्रवादी शक्तिहरु एकिकृत हुदै जाने र दलहरु र सरकारलाई दवाव दिने बताए ।

दलहरु यो विषयमा समयमै नसचिए अवस्था र व्यवस्था परिवर्तनका पक्षमा जनआन्दोलन हुने भन्दै उनले त्यस पछाडिको के हुन्छ यसै भन्न नसकिने वताए । राजा हुदा देशको स्वाभिमान नगिरेको तर अहिले खुलेयाम  अन्तराष्ट्रिय हस्तक्षेप बढेको भन्दै दाहालले चिन्ता व्यक्त गरे । उनले आन्दोलनलाई सशक्त बनाउन नेपाल सदभावना मञ्चका राष्टिय अध्यक्ष बद्रिप्रसाद मण्डल र नेपाल विद्वत परिषदका केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेललाई संघर्ष समितिको सल्लाहकार र २५ सदस्यीय संघर्ष समिति चयन गरिएको दाहालले जानकारी दिए । समितिले माघ १ गतेदेखि कोशी प्रदेशका सबै स्थानीय पालिकामा संघर्ष समिति गठन गर्ने तयारी गरेको छ ।

समितिको अध्यक्षमा बल्लभप्रसाद दाहाल,बरिष्ठ उपाध्यक्ष दिनेश राउत,उपाध्यक्ष रमा प्रसाइ,बरिष्ठ सचिव पुष्पराज दाहाल ,सचिव पन्नालाल राजबंशी,सहसचिव सन्दिप घिमिरे रहेका छन् । यस्तै सदस्यहरुमा नगेन्द्रकुमार माझी,नारायण लुइटेल,महमुद अन्सारी,कपिल पोखरेल,रामाशिष कामत,मुन्नालाल माझी,राजकुमार राजबंशी,लक्ष्मण राय अमात,नन्दलाल मुखिया,म.सैनुल मिया,गणेशकुमार मोदी,डा.श्रीकान्त शाह,तेज नारायण राजबंशी,धिरेन कार्की,रामदयाल विश्वाुस,कालुराम माझी,अवु गुरङ,अशोक मुखिया र सन्तोष पोखरेल रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]