१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

झुपडी हेरेर निर्णय गर भन्ने बीपीकाे आदेश पालना गरेर बजेटकाे प्रतिस्थापन विधेयक ल्याएकाे छु : मुख्यमन्त्री कार्की

गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता र संघीयता माथि प्रहार भइरहेकाे छ : शेखर काेइराला
Logo
संवाददाता जनचर्चा

विराटनगर, पुष ५ । मुख्यमन्त्री केदार कार्कीले लाेकतन्त्र र कांग्रेसमा परिवारकाे हाेइन, अब गाउँवासीका कुरा सुन्ने र कार्यकर्ताकाे नेतृत्व गर्नेलाई नेता मान्ने अवस्था आएकाे बताएका छन् । नेपाली कांग्रेस सुनसरीले बिहीबार इनरूवामा आयाेजना गरेकाे कार्यक्रममा कार्कीले साे कुरा बताएका हुन् ।
´झुपडी हेरेर निर्णय गर भन्ने बीपीकाे आदेश पालना गरेर प्रदेशमा बजेटकाे प्रतिस्थापन विधेयक ल्याएकाे छु,` उनले भने, ´अब अस्पतालमा कसैले छाेराछाेरीकाे उपचारका लागि ऋण खाेज्न जानुपर्दैन ।१० वर्षमुनीका प्रदेशभरिका बालबालिकाकाे निःशुल्क उपचारकाे बजेटमा व्यवस्था गरेकाे छु ।` सत्तामा मैमत्ता लाग्ने आराेप युवाले मेट्नुका साथै संयम र सबै पुस्ताकाे नेतृत्व गर्ने नेता देशलाई आवश्यक भएकाे कार्कीले बताए ।

 

साेही कार्यक्रममा बाेल्दै प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर काेइरालाले देश कमजाेर बनाउन देशीविदेशी शक्ति लागेकाे बताए । कांग्रेस मात्रै लाेकतान्त्रिक र संविधानुसार चल्ने पार्टी भएकाले अहिले चाैतर्फी प्रहार भइरहेकाे समेत उनले बताएका छन् । ´देश र कांग्रेसलाई कमजाेर बनाउन देशीविदेशी शक्तिहरू लागेकाे छ त्यसैले कमजाेर हुन दिनुहुँदैन,` उनले भने, ´कांग्रेस कमजाेर भयाे भने लाेकतन्त्र छिन्नभिन्न हुन्छ ।`

मुलुकमा अहिले गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता र संघीयता माथि प्रहार भइरहेकाे काेइरालाले बताए । ´नेतृत्व कमजाेर भइसकेकाले जनताकाे निरासा र आक्राेशले गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता र संघीयतामाथि प्रहार भइरहेकाे हाे` उनले भने, ´त्यसमा पनि मन्त्रीहरूकाे अराजकताले यी सब भइरहेकाे छ ।`

देशमा सुशासन दिन नसक्ने, भ्रष्टाचार र दण्डहिनता राेक्न नसक्ने सरकार भएपछि सर्वसाधारण निरास भएकाे काेइरालाले बताएका छन् । ´देशकाे अर्थतन्त्र धरापमा छ, ऋण लिएर कर्मचारी, सांसदले तलव खाइरहेका छन्,` उनले भने, ´हमास र इजराइलकाे द्वन्द्व साम्य नभए वैदेशिक राेजगार गुमेपछि अर्थतन्त्र धरापमा पर्छ ।`

उनले बैंकहरूले किसानलाई ऋण दिँदैन तर उद्याेगीलाई आदर पूर्वक दिने गरेकाले किसानकाे अवस्था वेहाल भएकाे बताएका हुन् । ´उखुकाे भुक्तानी पाउँदैन किसानले, देशमा रहेकाे ३५ वटा चिनी मिल बन्द भएर ९ वटा मात्रै चलेकाे छ ।` मुलुकमा नेतासँगै कर्मचारी र व्यापारी त्यतिकै भ्रष्ट रहेकाे र यी सब ठीक नभएसम्म देशकाे अवस्था नसुध्रिने काेइरालाकाे भनाइ छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]