२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

बलिउड नेपोटिजम टाउको दुःखाई

बलिउडमा टिक्नुनै आफैमा ठुलो चुनौती हो ।
Logo
निरज बस्नेत प्रकाशित आइतबार, पुष ०८, २०८०

अजय देवगण

विराटनगर, पुष ८
बलिउडका चर्चित कलाकार अजय देवगणले नेपोटिजम अर्थात नातावादका सम्वन्धमा सटिक तर यथार्थपरक धारणा राखेका छन् । एक अन्र्तवार्ताका क्रममा देवगणले भनेका छन्, नेपोटिजमका कारण बलिउडमा छिर्न त सजिलो होला । तर, हेर्दा जति सजिलो देखिन्छ, यथार्थतामा त्यसो नभएको प्रतिक्रिया व्यक्त गरेका छन् ।

बलिउडमा टिक्नुनै आफैमा ठुलो चुनौती हो । अर्कोतर्फ बलिउडमा नेपोटिम एक टाउको दुःखाइको विषय चाहीँ पक्कै बनेको प्रति पनि देवगणको स्वीकारोक्ति छ ।

सही अर्थमा भन्दा नेपोटिजमका कारण कतिपय अवस्थामा राम्राले भन्दा हाम्राले बढी मौका पाउँदा क्वालिटी बेस जनराका चलचित्र निर्माणमा यसले धक्का त पुगेको छ नै साथमा राम्रा कलाकार ओझेलमा पर्दा गुणस्तरीयतामा हस त आएकै छ भन्छन् कलाकार देवगण, उनी अगाडी थप्छन् , नेपोटिजमका कारण बलिउड छिरेका धेरैको कन्तविजोग भएको अवस्थालाई औंलाउँदै, यसप्रति सवै जानकारनै रहेको बताउँछन् । व्यक्ति स्व. चलाख अनि मिहिनेती त हुनुपर्छ नै साथमा भाग्यले समेत साथ दिनुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]