१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मधेस लोकतन्त्रको हकदार हो, नेताको बफादार होइन : मुख्यमन्त्री कार्की

Logo
संवाददाता जनचर्चा

बारा, पुष १३ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मधेस लोकतन्त्रको हकदार रहेको बताएका छन् । मधेस प्रदेश यात्रामा रहेका मुख्यमन्त्री कार्कीले सप्तरीदेखि पर्सा जिल्लासम्ममा भेटेका स्थानीयवासी, राजनीतिक नेतृत्व, शुभचिन्तक, समर्थक लगायतका व्यक्तिसँगकाे भेटघाटमा संघीय लोकतान्त्रिक गणतन्त्र मधेसको पूँजी रहेको उल्लेख गरेका हुन् ।

उनले युवा पुस्ताको विचारलाई स्थापित गराउनु आफूहरू सबैको दायित्व भएकाे बताएका छन् । ‘ हामी नेताको बफादार भयौँ तर हाम्रो पालोमा कोही भएन त्यसैले अब हाम्रो विचारको पुस्तालाई स्थापित गराउनु हामी सबैको दायित्व हो ।’ उनले भने, ´लाइक र कमेन्टका लागि पार्टी बैठकमा हस्ताक्षर गर्ने तर बैठकबाट बाहिर आएर नाेट अफ डिसेन्ट लेखेकाे भ्रम फैलाउने आफैले आफैलाई युवा नेताकाे उपाधी धारण गर्नेहरूबाट सचेत रहनु आवश्यक छ ।`

मधेस प्रदेशका अधिकांश जिल्लावासी शिक्षा, स्वास्थ्य उपचार, सुरक्षित बसोबासका लागि कोशी प्रदेशमा समेत रहेकाले उनीहरूलाई जस्तोसुकै अप्ठ्यारोमा साथ र सहयोग गर्ने प्रतिबद्धता लमुख्उमन्त्री कार्कीले जनाएका छन् ।

प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रदेशको अैाचित्य सिद्ध गर्न संविधानको पूर्ण कार्यान्वयनका लागि समन्वय र सङ्घर्ष सुरु गरेको उल्लेख गर्दै कार्यकर्तामाझ पार्टी बैठकको निर्णयमा भित्र हस्ताक्षर गरेर बाहिर नोट अफ डिसेन्ट लेखेको भनेर झुटको खेती गर्नेको पछाडि नलाग्न आग्रह गरे । उनले भने, ‘पार्टीलाई कमजोर हुन नदिनका लागि नै कारबाहीको डर नराखी पार्टीमा संविधान अनुसार विद्रोह गरेर मुख्यमन्त्री भएकाे हाे । संविधानको पूर्ण कार्यान्वयनका लागि समन्वय र सङ्घर्ष सुरु गरिएको छ ।’
जसका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरुले वाग्मती प्रदेशको राजधानी हेटौँडामा सङ्घीय सरकारसँग संविधान बमोजिम अधिकार प्रत्यायोजनको लागि दबाबमूलक माग गर्दै छन् । शुक्रवारसम्म चल्ने कार्यक्रममा मुख्यमन्त्रीहरुले यसअघिका निर्णय कार्यान्वयनका साथै अहिलेसम्म भएका कामको समीक्षा गर्दै थप तदारुकताका लागि दबाब दिने कार्यसूची तय गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]