२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

कालो झन्डा बाेकेर नेविसंघ पुग्यो मन्त्री क्वाटर

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, पुष १४, २०८०

काठमान्डौं,१४ पुस ।  नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै कालो झण्डा बोकेर मन्त्री क्वाटर पुल्चोकमा प्रदर्शन गरेकाे छ।

आज बिहान मन्त्री क्वाटर पुल्चोकमै पुगेका नेपाल विद्यार्थी संघका नेताहरूले शान्ति सुव्यवस्था कायम गर्न नसकेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका थिए।

उनीहरूले ‘जनताको छोरामाथि गोली हान्न बन्द गर’, ‘शान्ति सुव्यवस्था कायम गर’, ‘गृहमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गरेर करिब आधा घण्टा पुल्चोकको सडक पनि चक्काजाम गरेका थिए।

प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू डा. नरेश भट्ट, विजय महतो, अनुराग शाह, थुमराज उपाध्याय, राजेश काफ्ले, नेपाल विद्यार्थी संघ, ललितपुर जिल्ला सभापति सरोज घोरासैनि, काठमाडौं जिल्ला सभापति अन्सुल केसी, केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका इकाई अध्यक्ष विष्णु बडैला, पाटन क्याम्पस इकाईका उपाध्यक्ष घनश्याम न्यौपाने, सुभाष पोख्रेल, रमेस खनाललगायत नेपाल विद्यार्थी संघका चार दर्जन नेताकार्यकर्ताहरू प्रदर्शनमा सहभागी भएका थिए।

बिहीवार ललितपुरको बालकुमारीमा इपिएस परीक्षा दिन पाउनुपर्ने मागसहित केही विद्यार्थीहरूले आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा दुई जना युवाको ज्यान गएको थियो।

परीक्षा दिन पाउनुपर्ने माग राखी आन्दोलनमा उत्रिएका युवाहरूमाथि प्रहरीको गोली र लाठीचार्ज हुँदा दुई युवकको ज्यान गएपछि यतिबेला सरकारको चर्को आलोचना भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]