१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

वर्तमान सरकार हरेक कुरामा असफल : सांसद शर्मा

Logo
निरज बस्नेत

विराटनगर,१७ पुस । नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद सुनिल शर्माले वर्तमान सरकार हरेक कुरामा असफल भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै शर्माले प्रचण्ड नेतृत्वको सरकारमा पिछलङ्गु भएर कांग्रेस हिड्न नहुने वताए । उनले सरकारको नेतृत्व गरेको माओवादी र उसको गृहमन्त्रीको कमजोरीका कारण काठमान्डौंमा निहत्था दुइ युवाको ज्यान गएको आरोप लगाए । उनले भने ,”अव परिवर्तनका पक्षमा उभिन तयार हौ र माओवादी नेतृव्वको सरकारको विकल्पमा उभिएर जनअपेक्षा अनुरुपका काम गर्नुपर्ने वताए । वीपीको मेलमिलाप समयसापेक्ष सान्दर्भिक रहेको र यसलाई सहिठाउँमा प्रयोग गर्नुपर्ने वताए ।”

नेपाली कांग्रेस मोरङका कार्यवाहक अध्यक्ष भक्तिनाथ माझीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका अग्रज नेताहरु बसन्त भट्टराई ,गोपालमान सिंह राजभण्डारी, संविधान सभा सदस्य कविता सरदार ,कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता , नेपाली कांग्रेस मोरङका उपाध्यक्ष तथा विराटनगर महानगरका मेयर नागेश कोइराला ,कांग्रेस नेताहरु शिवनारायण सिंह गनगाई,सन्जय भट्टराई, तुलसी विस्वास,मदन संग्रौला, मोदराज घिमिरे ,ललित श्रेष्ठ ,निर्मला सुवेदी, दिननाथ आचार्य ,शान्ता रिजाल लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]