१३ माघ २०८२, सोमबार
26-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

वर्तमान सरकार हरेक कुरामा असफल : सांसद शर्मा

Logo
निरज बस्नेत

विराटनगर,१७ पुस । नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद सुनिल शर्माले वर्तमान सरकार हरेक कुरामा असफल भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै शर्माले प्रचण्ड नेतृत्वको सरकारमा पिछलङ्गु भएर कांग्रेस हिड्न नहुने वताए । उनले सरकारको नेतृत्व गरेको माओवादी र उसको गृहमन्त्रीको कमजोरीका कारण काठमान्डौंमा निहत्था दुइ युवाको ज्यान गएको आरोप लगाए । उनले भने ,”अव परिवर्तनका पक्षमा उभिन तयार हौ र माओवादी नेतृव्वको सरकारको विकल्पमा उभिएर जनअपेक्षा अनुरुपका काम गर्नुपर्ने वताए । वीपीको मेलमिलाप समयसापेक्ष सान्दर्भिक रहेको र यसलाई सहिठाउँमा प्रयोग गर्नुपर्ने वताए ।”

नेपाली कांग्रेस मोरङका कार्यवाहक अध्यक्ष भक्तिनाथ माझीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका अग्रज नेताहरु बसन्त भट्टराई ,गोपालमान सिंह राजभण्डारी, संविधान सभा सदस्य कविता सरदार ,कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता , नेपाली कांग्रेस मोरङका उपाध्यक्ष तथा विराटनगर महानगरका मेयर नागेश कोइराला ,कांग्रेस नेताहरु शिवनारायण सिंह गनगाई,सन्जय भट्टराई, तुलसी विस्वास,मदन संग्रौला, मोदराज घिमिरे ,ललित श्रेष्ठ ,निर्मला सुवेदी, दिननाथ आचार्य ,शान्ता रिजाल लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]